Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

लोसपाको प्रधानमन्त्रीलाई प्रस्ताव : वामगठन्धन छाडौं, लोकतान्त्रिक गठबन्धन बनाऔं

प्रत्यूष ९६४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३०, सोमबार (४ साल अघि)
लोसपाको प्रधानमन्त्रीलाई प्रस्ताव : वामगठन्धन छाडौं, लोकतान्त्रिक गठबन्धन बनाऔं

काठमाडौं, ३० जेठ

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले लोकतान्त्रिक गठबन्धन निमार्ण गरेर संघीय संसदीय निर्वाचनमा जानुपर्ने एजेन्डा अघि सारेको छ ।

नेपाली कांग्रेसले वामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य मान्यतामा कालान्तरमा ह्रास आउने र वामपन्थी शक्ति झन् बलियो बन्दै जाने तर्क गर्दै लोकतान्त्रिक गठबन्धन बनाउन जोड गरेको हो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक पटक भेटेका अध्यक्ष ठाकुर स्वयंले सो विषय उठान गर्दै आएका छन् ।

‘तपाइँले अहिले गठबन्धन गरेका सबै दल वामपन्थी दल हुन, निरन्तर सोही दलसँग गठबन्धन गरेर जानुभयो भने कालान्तरमा लोकतान्त्रिक शक्तिहरू क्रमशः कमजोर हुँदै जानेछन्, यसमा पुनर्विचार गर्नुपर्ने देखिन्छ,’ ठाकुरको प्रस्ताव छ, ‘स्थानीय तहको निर्वाचनमा हेर्दा कांग्रेसले जित हासिल गरेको भए पनि कुल परिणाममा हेर्दा वामपन्थी शक्तिहरूको मत बढाउने काम स्वयं कांग्रेसले गरेको छ, आफ्नै खुट्टामा बञ्चरो नहान्नुहोस् ।’

संख्यात्मक हिसाबले नेकपा एमाले दोस्रो भए पनि जनमतको हिसावले नेकपा एमाले पहिलो दल रहेको उल्लेख गर्दै कांग्रेसले गठबन्धन गरेका नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल वामपन्थी शक्ति रहेको तर्क गर्दै ठाकुरले कांग्रेसले वामपन्थी शक्तिहरूलाई मत माग्दै हिड्न नहुने तर्क गरेका छन् ।

मुलुकभर वामपन्थी शक्तिहरूको बढी मत कायमै रहेको बखतमा कांग्रेसले गठबन्धनको नाममा झन् मत बढाउने काम गर्दा लोकतान्त्रिक शक्तिहरूमा दिन प्रतिदिन क्षयीकरण हुँदै गएको ठाकुरको तर्क छ ।

गत साता सम्पन्न लोकपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकमा पनि ठाकुर, शरदसिंह भण्डारीलगायतले लोकतान्त्रिक गठबन्धनको एजेन्डालाई बहसको विषय बनाउनुपर्ने विषयमा छलफल चलाएका थिए ।

‘मुलुकमा यसै पनि वामपन्थी शक्तिहरूको मत बढी छ, यसमा कांग्रेसले थप सहयोग गरिरहेको छ, यो चिन्ताको विषय हो, त्यसैले पार्टीले लोकतान्त्रिक गठबन्धनको एजेन्डालाई स्थापित गर्नेतर्फ लाग्नुपर्छ । यसमा कांग्रेससँग कुन मोडेलमा सहकार्य हुने हो ? त्योबारेमा पार्टीले धारणा बनाउनुपर्छ ।’ उनको प्रस्तावलाई पार्टीमा बहुमत सदस्यले समर्थन गरेको एक केन्द्रीय कार्यकारिणी समिति सदस्यले भने ।

सोमबार बिहान ११ बुँदे ज्ञापनपत्रका विषयलाई लिएर प्रधानमन्त्री देउवालाई भेटेका ठाकुर र भण्डारीलगायतका नेताले सोही विषय उठान नगरेपछि यसअघि नै सो विषय प्रस्तावित भइसकेको छ । ‘आजचाहिँ ११ बुँदे ज्ञापनपत्रका विषयमा मात्र छलफल भयो । लोकतान्त्रिक गठबन्धनको विषयमा छलफल हुन पाएन,’ भण्डारीले भने, ‘हाम्रो जोड लोकतान्त्रिक गठबन्धन बनाउनुपर्छ भन्नेमा हो, यसमा सबै लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्छ, यसको नेतृत्व कांग्रेसले गर्नुपर्छ भन्ने नै हो ।’

बलियो लोकतन्त्रका लागि लोकतान्त्रिक शक्तिहरू एकजुट नभएमा मुलुकका क्रमशः अप्ठयारो स्थितिमा पर्दै जाने लोसपा नेता भण्डारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    रोकाय नेपाली खेल क्षेत्रका अमूल्य निधिः मुख्यमन्त्री शाही

    Post Thumbnail

    भीमदत्तको छात्रवृत्ति कार्यक्रमः एमबिबिएस पढ्दै दुई विद्यार्थी, छोरी–बुहारीलाई सहयोग

    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution