Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ८, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

प्रत्यूष ४३० पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २९, आईतबार (३ साल अघि)
गत सातामा ३० अंकले घटेको नेप्से यो साता कस्तो रहला ?

काठमाडौं, २९ जेठ।

गत साता नेप्से १.४७  प्रतिशत अर्थात ३०.५४ अंक घटेको थियो । त्यसअघिल्लोे साता २०७८.७० विन्दुमा रहेको नेप्से गत साताको अन्त्यसम्म घटेर २०४८.१६ बिन्दुमा झरेर बन्द भएको थियो ।

बुधबार ६० अंकले बढेको नेप्से बाँकी चार कारोबार दिन घटेको थियो । सरकारको नीति तथा कार्यक्रम र बजेटमा लगानीकर्ताको मागको उचित म्बिोधन हुन नसक्दा पछिल्लो समय बजारमा निरन्तर नेप्से घट्दो क्रममा रहेको छ ।

यसअघिको उच्चतम बिन्दु ३२२७  बाट नेप्से करिब ३७ प्रतिशतले घटिसकेको छ । लगानीकर्ताको दोस्रो बजारमा गरिएको लगानी ३० प्रतिशतभन्दा बढीले घटेपछि यसअघिका माग सम्बोधन गराउनकै लागि सेयर लगानीकर्ता सडकमा ओर्लिएका छन् ।

अबको तीन महिनाभित्र कम्पनीले लाभांश वितरण गरिसक्ने र चालु आवको ११ महिनाका आधारमा कम्पनीले गर्ने नाफा र वितरण गर्ने लाभांशको प्रक्षेपणका आधारमा पनि सेयर बजारमा जेठ, असारलाई लगानीको सिजनको रुपमा लिने गरिन्थ्यो । तर, यो वर्ष तरलता अभाव, बढ्दो ब्याजदर र नीतिगत रुपमा सम्बोधन हुन नसक्दा पनि बजार ओरालो लागिरहेको अवस्था छ ।

गत साता नेप्से घटेपनि दैनिक कारोबार रकम भने बढेको छ । दैनिक औषत कारोबार रकम ६.२८ प्रतिशत बढेर १.३२ अर्ब कारोबार हुँदा सातामा साढे ६.६० अर्ब बढीको सेयर कारोबार भएको छ ।  नेप्से घटेपछि कुल बजार पूँजीकरण ४२ अर्ब रुपैयाँले घटेर २९ खर्ब १७ अर्बमा झरेको छ । अघिल्लो साता कुल बजार पूँजीकरण २९ खर्ब ५९ अर्ब ४० लाख रुपैयाँ रहेको थियो ।

गत साता नेप्सेमा ४ कम्पनीका २ करोड १२ लाख २ हजार २९२.९३ कित्ता सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्सको चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद, आईएमई जनरलको चुक्ता पूँजीका ४० प्रतिशत बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद, नेपाल लाइफको चुक्ता पूँजीको १४ प्रतिशत बराबरले हुन आउने १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस सेयर र सिवाईसी नेपाल लघुवित्तको वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

  • सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

  • ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

  • मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution