Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

फेसबुकको मित्रताले १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

प्रत्यूष ३०९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २३, सोमबार (३ साल अघि)
फेसबुकको मित्रताले १६ वर्षीया किशोरीको सामूहिक बलात्कार

नेपालगञ्ज, २३ जेठ । 

बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले किशोरीलाई जन्मदिन मनाउने बहानामा बोलाएर मदिरा सेवन गराई सामूहिक बलात्कार गर्ने पाँच जना र मोटरसाइकलमा राखेर घर पुर्‍याउन मद्दत गर्ने दुई जना मतियार गरी सात जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

प्रहरीका अनुसार बाँके बैजनाथका १७ वर्षिय हेमराज थारुले आफ्नो जन्मदिन मनाउन भन्दै २१ जेठ अपरान्ह ४ बजे भेट्न बोलाएपछि गएकी १६ वर्षीया किशोरीलाई हेमराज लगायत पाँच जनाले सामूहिक बलात्कार गरेको बाँके प्रहरीले जनाएको छ ।

आइतबार बिहान करिब ४ बजे किशोरीलाई मोटरसाइकलको बीचमा राखेर घर पुर्‍याउन लैजाँदै गर्दा प्रहरीले मोटरसाइकल रोकेपछि घटना बाहिरएको हो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइनिज इँट्टाभट्टा नजिक शंकास्पदरूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई जना पुरुषले बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो ।

प्रहरीले मोटरसाईकल रोक्दा किशोरी लठ्ठिएको अवस्थामा भेटेको र केरकार गर्दा घटना बाहिरएको थियोे । प्रहरीले मोटरसाइकल चालक बाँके बैजनाथ ८ झिगौराका २० वर्षीय विश्वनाथ थारुले चलाएको मोटरसाइकलकाे बीचमा किशोरी राखेको र पछाडि १७ वर्षको किशोर बसेर जाँदै गर्दा नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोटरसाइकलमा लिएर जाने दुबै घटनाका मतियार हुन् ।

हेमराजले बोलाएर किशोरीलाई सुरुमा बाँके–बर्दियाको सीमानाको मानखोलाको जंगल लगेर घरेलु मदिरा सवन गराई ४/५ जनाले सामूहिक बलात्कार गरेपछि अन्दाजी साँझ ६ बजेदेखि १२ बजेरातिसम्म बेहोस भएको र त्यसपछि बैजनाथस्थित एक टहरामा लगेर २४ वर्षीय बिक्रान्त थारु लगायत दुई जनाले बलात्कार गरेको प्रहरीले प्रारम्भिक अनुसंन्धानमा खुल्न आएको जनाएको छ । प्रहरीले घटनामा संलग्न पीडक तथा पीडितको आवश्यक मेडिकल गराई अनुसन्धान सुरु गरेको जनाएको छ ।

बाँके प्रहरीले सो घटनामा संलग्न रहेकाे आराेपमा २५ वर्षका निराजन थारु, २४ वर्षका विक्रान्त थारु, २३ वर्षका राजकुमार थारु, २० वर्षका विश्वनाथ थारू, १७ वर्षको हेमराज थारु, १६ वर्षिय प्रवीण थारू र १७ वर्षको निर्देश थारु  लाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

    क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

  • Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

  • करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

  • त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

    क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

    Post Thumbnail

    बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    करिब ९५ हजार टन मल मौज्दात : कृषि मन्त्री अधिकारी

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    त्रिशुली नदीमा जलस्तर सतर्कता तह पार: तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution