Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ ८, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कपडामा लुकाएर सुन तस्करी, ७ जना पक्राउ

प्रत्यूष ३८५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २३, सोमबार (३ साल अघि)
कपडामा लुकाएर सुन तस्करी, ७ जना पक्राउ

काठमाडौं, २३ जेठ।

कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन ल्याउँदै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला, धनुषाका राहुल भन्ने बरुनभक्त माथेमा, चिनियाँ नागरिक नागरिक लोब्सान ग्याल्सेन, नवलपरासीका युवराज भुसाल र भारतीय नागरिक अमन राजपुत छन् ।

उनीहरूले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले टोलीले उनीहरूको साथबाट ८८६ ग्राम सुन बरामद गरेको हो ।

नेपाल वायु सेवा निगमको जहाजमा केही व्यक्ति भन्सार छली अवैध रूपमा सुन ल्याउँदै छन् भन्ने गोप्य सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिरबाट नियन्त्रणमा लिएको थियो ।

गेट बाहिर सुरेशबहादुर शाही र सन्दिप चन्द ठकुरीले लगाएको सर्ट, पेन्ट र अण्डरवेयरका विभिन्न भागमा सुनको पेस्ट बनाई लुकाई छिपाई ल्याएका थिए । सूचना प्राप्त भएपछि सुरेश र सन्दीपलाई केरकार गर्दा शंकास्पद देखिएन । तर, कपडा छाम्दा भने गह्राैँ थियो ।

शंका लागेर खोल्न लगाएर च्यात्दा कपडाको बीचमा सुन राखेको पाइएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए । त्यसपछि सबै कपडा लगेर सुन निकालिएको उनको भनाइ छ ।

उनीहरूलाई दुबईमा भीम लाहुरे नामक व्यक्तिले काठमाडौंमा सुन पठाउन लगाएको खुलेको कोइरालाले बताए । नेपाल आएपछि दुई जनालाई निर्मला घलानलाई सम्पर्क गर्न भनिएको थियो ।

उनीहरुलाई लिन आएका बेला घलान पनि विमानस्थलबाटै पक्राउ परेको उनको भनाइ छ । उनलाई सोधपुछ गर्दा उनलाई दुबईबाट सन्देश तामाङ नाम गरेको व्यक्तिले म्यासेन्जरमा फोन गरेर सुन बुझ्न भनेका थिए । कपडा लिएर आउनेलाई निश्चित रकम दिएर पठाउन भनिएको थियो ।

सुन भएको कपडा दिनका लागि पाँच रुपैयाँको नोटको नम्बरलाई प्रयोग गरिएको खुलेको छ । घलानलाई कपडाको प्याकेज पाँच रुपैयाँको ण/४७ ०१७‘. र थ/९४ १५७५‘ नम्बरको नोट लिएर आउनेलाई दिनु भनिएको थियो । त्यही अनुसार प्याकेज लिन पाँच रुपैयाँको नोटसहित बोक्साङ ग्याल्जेन र बरुण भक्त माथेमा आएका थिए । सोही आधारमा उनीहरूलाई प्रहरीले नोटसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

  • सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

  • ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

  • मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

    मुस्ताङमा असी प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ ८ गते बिहिबार

    २०८२ माघ ८ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    कर्मचारी आवश्यकता सम्बन्धी सूचना

    सुनचाँदीको भाउ केही घट्यो

    सुनचाँदीको भाउ केही घट्यो

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    ‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution