Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मन्त्री हेरफेरबारे केही निर्णय भएकै छैन : विरोध खतिवडा

प्रत्यूष ८८३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २३, सोमबार (४ साल अघि)
मन्त्री हेरफेरबारे केही निर्णय भएकै छैन : विरोध खतिवडा

काठमाडौं, २३ जेठ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले मन्त्री फेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका छन् । आइतबार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

साेमबार बेलुकासम्म नयाँ मन्त्रीहरूको सपथ ग्रहण हुने कार्यक्रम तय भएका बेला खतिवडाले मन्त्री हेरफेरको विषयमा कुनै निर्णय नभएको बताएका हुन् । मन्त्री हेरफेरको विषयमा समाजवादीले सिफारिस गरेको हो भन्ने प्रश्नमा मन्त्री खतिवडाले भने, ‘मन्त्री सिफारिसको विषयमा कुनै निर्णय भएकै छैन । के पो भनेर सोध्नुभएको छ जहिल्यै पनि ।’

मन्त्रिपरिषद् फेरबदल भएको विषयमा कुनै निर्णय भएको भए यस विषयमा जानकारी दिन सकिने तर, कुनै निर्णय नै नभएको विषयमा के जवाफ दिने भनेर उनले प्रश्न गरे ।

मन्त्री हेरफेरको विषयमा भने सरकारमा सहभागी मन्त्रीहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । मन्त्री हेरफेरको चर्चा चलेपछि स्वास्थ्यमन्त्री खतिवडा र पर्यटनमन्त्री प्रेम आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । भेटका क्रममा उनीहरूले आफूलाई फिर्ता बोलाउने विषयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

अध्यक्ष नेपालले भने मन्त्री नियुक्त हुने बेला नै ६ महिनाको लागि मात्र हो भनेर गराइएको बताएका थिए । नयाँ मन्त्रीहरूको साेमबार सपथ ग्रहणको कार्यक्रम पनि तय भइसकेको थियो । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सपथ ग्रहणको कुनै जानकारी दिइएको छैन ।

समाजवादीले नयाँ मन्त्रीको रूपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीलाई पठाउने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution