Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थाहा पाउनुहोस आजको राशीफल

प्रत्यूष ९३४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (४ साल अघि)
थाहा पाउनुहोस आजको राशीफल

आजको पात्रोः  १९ जेठ २०७९, जुन महिनाको २ तारिक २०२२ । ज्येष्ठशुक्लपक्ष तृतीया, तैतिल करण, आद्रा नक्षत्र, गण्ड योग, चन्द्रमा मिथुन राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः०९ मा हुनेछ भने सूर्यास्त ६ः५६ मा हुनेछ ।

आजको देवता अग्नि र ग्रहदेव शनि रहेको छ । भनिन्छ, विहीबारको दिन लेखपढको काममा ध्यान दिनुहोला । आज ११ः३५ देखि १२ः३० सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्दा उत्तम हुनेछ ।

विहीबारलाई गुरुबार अर्थात बृहस्पतिबार पनि भनिन्छ । आज १ः४६ देखि ३ः२९ सम्मको समय राहुकाल रहेको छ । यो समयमा शुभकार्य सुरु नगर्नुहोला । विद्यार्थीहरुको लागि विहीबारको दिन शैक्षिक समीक्षा गर्ने दिन पनि हो ।

आजको राशिफलः 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिका जातकका लागि आज सामाजिक र धार्मिक कार्यबाट मानसम्मान मिल्नेछ । आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा उर्जा थपिने छ । तपाईले आजको दिन सुरुवात गरेको काम यसै साता भित्र सम्पन्न हुनेछ । तपाईलाई गुरुजनको आशीर्वादको कार्यसफलता मिल्नेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईलाई आजको दिन आकस्मिक धनलाभ हुनेछ । परिवार र दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । आजको दिन देवीको मन्दिर यात्रा गर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ । सकारात्मक सोच राखेर गरिएको हरेक काम सफलता मिल्नेछ । आज तपाईको मनमा खुसियाली छाउने छ । विहान सूर्योदयको दर्शन पछिमात्र कार्य प्रारभ्भ गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

व्यापार ब्यबसायमा नयाँ लगानी गर्दा फाइदा हुन्छ । अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ । आजको दिन आफूले सम्मान गर्ने व्यक्तिसँगको सल्लाहअनुसार काम गर्दा तपाईलाई फाइदा हुनेछ । कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले हरेक विहीबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुने काम नगर्न होला । आजका दिन व्रत गर्नु निकै उत्तम हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आजको दिन यात्राको लागि अवसर  र नयाँ कार्ययोजना बन्नेछ । आफन्त र मित्रजनबाट साथ र सहयोग प्राप्त हुनेछ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । आजको दिन कुनै देवी मन्दिरको दर्शन गरेर काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । कुमारी कन्यालाई खाना र बस्त्र दान दिनुभयो भने राम्रो हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई फाइदा हुन्छ । विहान सूर्योदयको दर्शन गर्नु राम्रो हुनेछ । सकारात्मक सोच राखेर काम गर्नुहोला । परिवार र आफन्तजनहरुबाट समेत सहयोग हुनेछ । कुनै शिवालय वा देवालयमा गएर असक्तलाई खानेकुरा दिनुभयो भने उत्तम हुनेछ । आकस्मिक धन प्राप्ति समेत हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गरेका तपाईकको अधुरा कामहरु पुरा हुनेछन् । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आजको दिनशुरु गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा सकात्मक सोच राखेर काम गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थप हुनेछ । परिवारबाट असहयोग हुनसक्छ त्यसैले कसैको साथ  नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु भएमा मनमा उत्साह थपिने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईले सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । मनमा निकै हर्ष छाइरहने छ  विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ । आजको दिन तपाईको अध्ययन अध्यापनमा सफलता मिल्नेछ । मकर राशिका जातकको लागि रचनात्मक काममा मन लाग्नेछ । अध्ययनमा समय विताउनुभयो भने उर्जा थपिने छ । नभए गुरुजनको आशीर्वाद सुन्नुहोला ।

 कुम्भ(गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचेअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापार व्यबसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काम गर्न इच्छा जाग्नेछ । यात्राको लागि अवसर आउने छ । धार्मिक तीर्थस्थलीको यात्राले तपाईको मनोइच्छा पूरा हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

विहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक शिवालय वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । मीन राशिका व्यक्तिका लागि विहीबार विशेष दिन हो । आजको दिन व्रत गर्नु उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • Post Thumbnail

    महालक्ष्मीको १६ दिने व्रत समापन

  • आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

    आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

    लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

  • सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार

    Post Thumbnail

    सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री

    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

    कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु

    गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution