Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सिद्धलेकमा कार्यपालिका सदस्य निर्वाचन : एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

प्रत्यूष १०३९ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (४ साल अघि)
सिद्धलेकमा कार्यपालिका सदस्य निर्वाचन : एमाले र एकीकृत समाजवादीको गठबन्धन विजयी

धादिङ,१९ जेठ ।
धादिङको सिद्धलेक गाउँपालिकाको कार्यपालिका निर्वाचनमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको गठबन्धन विजयी भएको छ ।

बुधबार गाउँपालिका कार्यालयमा सम्पन्न कार्यपालिकाको निर्वाचनमा एककिृत समाजवादीले एमालेसँग तालमेल गरेसँगै कांग्रेस र माओवादी केन्द्रको गठबन्धन पराजित भएको छ । बैशाख ३० गते भएको स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धनबाट गाउँपालिका उपाध्यक्ष जितेको एककिृत समाजवादीले कार्यपालिकाका सदस्यको निर्वाचनमा भने एमालेसँग तालमेल गरेको हो ।

६ जना कार्यपालिका सदस्यका लागि बुधबार भएको चुनावमा ४ जना महिला तर्फ एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट जुना सार्की, भगवती तिवारी, लक्ष्मी थपलिया र प्रेमकुमारी थापामगर विजयी भएका छन् । सार्की, थपलिया, थापामगर एमालेबाट र तिवारी एकीकृत समाजवादीबाट विजयी भएका हुन् ।

विजयी सबैले २०/२० मत ल्याएका थिए भने पराजित हुने खिनमाँया श्रीमल कांग्रेस, राममाया परियार कांग्रेस, सुन्तली विक कांग्रेस र सुक्लाकुमारी आलेमगर माओवादीले १६÷१६ मत मात्रै पाएका थिए ।

यस्तै दलित तथा अल्पसंख्याकमा एमाले र एकीकृत समाजवादीको गठबन्धनबाट दुबै उम्मेदवार एकीकृत समाजवादीका श्याबहादुर घले र रस्मिता माझी विजयी भएका छन् । घलेले २० मत र माझिले १९ मत ल्याएका थिए भने पराजित माओवादीका मिना घलेले १६ मत, कांग्रेसका दिलबहादुर घलेले १७ मत पाएका थिए ।

कार्यपालिकाको निर्वाचनसँगै कांग्रेस माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट पालिका अध्यक्ष बनेका कांग्रेस परशुराम खतिवडा अल्पमतमा परेका छन् । उनी सँग कांग्रेसको दुई वडा अध्यक्ष र माओवादीको दुई वडा अध्यक्ष सहित ५ जना कार्यपालिकामा देखिने छन् ।
यस्तै तीन दलिय गठबन्धनबाट उपाध्यक्षमा विजयी सविता अर्यालसँग आफु समेत एकीकृत समाजवादीको ४ सदस्य र एमालेको ३ वडा अध्यक्ष र निर्वाचित ३ सदस्य गरी १० सहित बहुमत सदस्य रहने छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution