
काठमाडौं, १७ जेठ ।
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २४ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरुलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६६ जना, तिब्र गतीमा सवारी साधन चलाउने ८३ जना, मादप पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने ११६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना रहेका छन् ।
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ६८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४६ जना क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना र लेन उल्लंघन गर्ने ३२ जना चालकलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।
फाइल तस्विर

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |