Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका ६ वटा कार्यक्रमलाई २८ अर्ब बजेट

प्रत्यूष २३५७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १६, सोमबार (४ साल अघि)
राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका ६ वटा कार्यक्रमलाई २८ अर्ब बजेट

काठमाडौं, १६ जेठ ।

आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमलाई उच्च प्राथमिकता दिइएको छ ।अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको लागि पेश गरेको बजेटमा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका ६ वटा कार्यक्रमलाई २७ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको नाममा तीन/तीन वटा कार्यक्रम रहेका छन् । तीमध्ये राष्ट्रपतिको नाममा रहेका तीन कार्यक्रममा ११ अर्ब ३९ करोड रुपैयाँ र प्रधानमन्त्रीको नाममा रहेका तीन कार्यक्रममा १६ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको कूल बजेटको १.५ प्रतिशत हिस्सा राष्ट्रपति र प्रधानमन्त्रीको नाममा रहेका कार्यक्रमले ओगटेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको लागि २ अर्व १७ करोड रुपैयाँ बजेट छुट्टयाएको छ ।

यस रकमबाट नदी प्रणालीमा आधारित रहेर भू–क्षय नियन्त्रणसहित क्षतिग्रस्त भूमिको पुनस्थापना, वायोइञ्जिनियरिङ्ग सहितको तटवन्ध निर्माण, वर्षातको पानी उपयोग, जलपुनर्भरण, सिमसार व्यवस्थापन तथा भेटियर, जेट्रोपा र बाँसरोपण जस्ता कार्य गरिनेछ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि सरकारले ८ अर्ब ८८ करोड विनियोजन गरेको छ । यस कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षमा १ हजार २ सय सामुदायिक विद्यालयको लागि प्राविधिक पूर्वाधारसहितका विद्यालय भवन निर्माण गरिनेछ ।

शिक्षकको क्षमता विकास, कार्यमूलक अनुसन्धान र परियोजना कार्यमा आधारित शिक्षण सिकाइ र विद्यार्थीको क्षमता वृद्धि गर्न वार्षिक कार्ययोजना बनाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यक्रम समेत सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई बजेटमा ४ करोड रुपैयाँ व्यवस्था गरिएको छ । यस कार्यक्रममा सुधार एवं परिमार्जन गरिने समेत उल्लेख छ । दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने जनाइएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु गरेको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि निरन्तरता दिएको छ । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अघिल्लो सरकारका केही असफल कार्यक्रममा पर्छ र विवादित पनि रहेको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । कार्यक्रमको ढाँचा भने केही परिमार्जन गरिने बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले जनाएका छन् ।

स्थानीय तहको सहकार्यमा खेतीयोग्य बाँझो जमिन पहिचान गरी रोजगार सेवा केन्द्रमा सूचीकृत वेरोजगारलाई यस कार्यक्रम मार्फत कृषि र उत्पादनमूलक क्षेत्रमा रोजगारी प्रदान गरिने उनले उल्लेख गरेका थिए । प्रत्येक वर्ष रोजगार सेवा केन्द्र मार्फत २ लाख सूचीकृत बेरोजगारलाई रोजगारी प्रदान गरिने बताइएको छ ।

कृषि उत्पादनदेखि बजारीकरणसम्मका प्रक्रियाहरूमा उत्प्रेरक, परिचालक र श्रम सहयोगीको रूपमा सहभागी हुने गरी प्रत्येक स्थानीय तहमा रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगार युवाहरू मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत श्रम सहकारीमा आवद्ध गरी कम्तीमा ३ सय कृषि स्वयंसेवक तयार पारिने समते जनाइएको छ ।

सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ । परियोजनाको पुनर्संरचना गरी प्राविधिक र आर्थिक दृष्टिकोणबाट सम्भाव्य विभिन्न बाली तथा वस्तुका जोनहरूलाई प्रदेशमा हस्तान्तरण गर्ने बताइएको छ ।

सरकारले आगामी आर्थिक वर्षबाट ‘उत्पादनमा वृद्धिः मुलुकको विकास र समृद्धि विशेष अभियान दशक, २०७९–२०८९’ सञ्चालन गर्ने भएको छ । नेपाली उत्पादनको वृद्धि, रोजगारी सिर्जना र निर्यात लक्षित व्यापार अभिवृद्धिका लागि प्रधानमन्त्री नेपाली उत्पादन एवं उपभोग अभिवृद्धि कार्यक्रम प्रारम्भ गरिने बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले बताएका थिए ।

आगामी आर्थिक वर्षको लागि यस कार्यक्रमकालाई ३ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution