Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

प्रत्यूष १२७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)
जापनीज स्वाद बोकेको देक्काइदो ओनसेन

काठमाडौं, १५ जेठ

काठमाडौंको व्यस्त दैनिकी । भीडभाड र उकुसमुकुस वातावरण । यो माहोलबाट उम्किएर केही क्षण शान्त र एकान्त कसको मनले खोज्दैन होला र ? राजधानीको व्यवस्तता, कोलाहल र बेफुर्सदीबाट उम्किएर कतै शान्त, एकान्त, हरियालीको माझमा एक क्षण बिताउन निकै टाढा पुग्नुपर्ने अवस्था छ । हो त्यही अभावपूर्तिका लागि  साँच्चै शान्त, एकान्त र हरियालीको बीचमा छ देक्काइदो ओनसेन (रिसोर्ट फार्म हाउस, ओनसेन) । जहाँको आथित्यता साँच्चै आत्मीय र अनुपम छ ।

काठमाडौंको बुढानिलकण्ठ मन्दिरको शिरानमा जोडिएको यो देक्काइदो ओनसेन रिसोर्ट बेफुर्सदी र कामकाजीहरुका लागि पाइक पर्नेगरी सञ्चालनमा ल्याइएको छ । बुढानिलकण्ठ मन्दिरदेखि माथि एक किलोमिटरको दूरी पार गर्ने हो भने रिसोर्ट पुग्न सकिन्छ ।  शान्त मात्र होइन आतिथ्यतको आनन्दाका बीच जापानको टिपिकल रामेन जस्को नुढल्स र बेन्त्व बक्स देक्काइदो मौलिक परिकार हो । जापनिज र नेपाली मौलिक खानाको स्वाद यहाँको अर्को आकर्षण भएको देक्काइदो ओनसेनका अध्यक्ष अर्जुन अधिकारी बताउँछन् ।  जुन नेपालका अन्य रिसोर्टमा नपाइने परिकार हो ।  बेन्त्व बक्सहरु काठमाडौंका डिपार्टमेन्ट स्टोरहरुलाई पनि सप्लाई गर्ने योजना रहेको अधिकारीले सुनाए ।

अर्घाखाँचीको सन्धीखर्कमा जन्मिएका अधिकारी किशोर हुँदा नै सन १९९५ तिरै  हस्पिटालिटी क्षेत्रमा सरिक भएका हुन । पोखरामा बुवा ढुंडीराज अधिकरी र दाजु अमृत अधिकारीले सुरु गरेको होटेल व्यवसायमा अर्जुनले मार्केटिङको जिम्मेवारी लिएर काठमाडौं छिरेका थिए । त्यहीबेला उनले एउटा म्यागेजिनमा संसारको सबैभन्दा उत्तम सेवा र सौचालय जापानमा पाइने कुरा पढे । त्यसपछि उनी सन २००१ मा जापान पुगे । पाँच वर्ष हस्पिटालिटी क्षेत्रमा काम गरे र आज जापानको हुक्काइदो सहरमा ‘विस्तारै विस्तारै’ नामका १० वटा रेस्टुरेन्ट स्थापना गरिसकेका छन् ।

जापानको निकै सुन्दर हुक्काइदो सहरमा जसरी मानिसहरु रिफ्रेसमेन्टका लागि आउने गर्छन त्यसहरी नै काठमाडौं सहरको अव्यवस्थित ट्राफिक, बिरलै पाइने हरियाली र व्यस्तताबाट एक पल भए पनि उम्किएर समय विताउने स्थान बनोस भनेर आफूले देक्काइदो ओनसेन स्थापना गरेको अध्यक्ष अधिकारी बताउँछन् ।  प्रकृतिको बीचमा बाँस र माटोको प्रयोग गरेर आधुनिक सेवा विस्तार गर्न अधिकारीले करिब ८ रोपनी जमिनमा साढे ९ करोड लगानी गरे । त्यसमा जापानको ‘समराई’ कल्चरलाई हाम्रो नेपाली ग्रामिण बाँस र माटोको कल्चरसँग मिस्याएर यहाँको परिवेश निर्माण गरिएको छ । ‘अहिलेसम्म संरचना र रिसोर्ट निर्माणमा मात्रै ४ करोड लगानी भएको छ,’ देक्काइदो ओनसेनकी हेड अफ डिपार्टमेन्ट सुनिता अधिकारीले भनिन्, ‘अहिले यो ३० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अझै ४ करोड लगानी थपिन्छ होला ।’

परम्परागत र मौलिक शैलीलाई आधुनिक लेपन दिएर रिसोर्ट सजाइएको छ । जहाँ न जापनिज न नेपाली परिका मात्र पाइन्छ । आगन्तुकको चाहनाअनुसार टिपिकल जापनिज र नेपाली परिकार पस्कनु आफूहरुको उद्देश्य रहेको सुनिताले सुनाइन् ।

देक्काइदो ओनसेन रिसोर्ट फराकिलो र प्राकृतिक जंगलको बीचमा छ । आठ रोपनी जमिनमा फैलिएको रिसोर्टमा आरामदायी टेन्टको व्यवस्था छ । जहाँ आरामदायी रात बिताउन पाउने गरी व्यवस्था गरिएको छ । सुन्दर फराकिलो ठाउँहरूमा पिकनिक, भोज, पारिवारिक पार्टी र उत्सव मनाउन रिसोर्टले उचित वातावरण निर्माण गरेको छ ।

यहाँको संचालन संरचना समेत कर्मचारी र लगानीकर्ता भन्दा पनि वनरसीपको उद्देश्यले तयार गरिएको छ । हरेक कर्मचारीले अपनत्व ग्रहण गर्न केही प्रतिशत सेयर प्रदान गरिएको एचओडी सुनिताले सुनाइन् ।

देक्काइदोका विशेषताहरुः

बस्नका लागि टेन्टहरू  : घना जंगलको किनारमा दुई बेडसहितका तीनवटा आरामदायी डेक्काइडो टेन्ट हाउस, होक्काइदो टेन्ट हाउस र लाङटाङ टेन्ट हाउस देक्काइदो ओनसेनले व्यवस्था गरेको छ । तीं जंगलको रमणीय वातावरणमा निदाउन सकिने गरी निर्माण गरिएका छन्। टेन्ट प्रकृतिको बीचमा भएकाले एक रात भए पनि स्वच्छ र ताजा हावामा सास फेर्न पाउनु यहाँको अर्को फाइदा हो ।

पिकनिक, बीबीक्यू र रात्री भोज : दुई सयभन्दा बढी मानिसलाई सेवा प्रवाह गर्नसक्ने गरी ओनसेनले  आफ्नो क्षमता बनाएको छ । मझौलाखाले पार्टी, भोज, पिकनिक, ब्रतबन्ध, पास्नी, बर्थडे उत्सवहरु मनाउन राजधानीसँगै जोडिएको देक्काइदो ओनसेन रिसोर्ट सबैको रोजाइ बन्न सक्छ। साना समूहका भोजनका लागि उपयुक्त तीनवटा सुन्दर कटेज (होक्काइडो कटेज, लाङ्टाङ कटेज र शिवपुरी कटेज)ले राजधानीदेखि पर पुग्नुपर्ने आवश्यकताको पूर्ति गर्ने विश्वास रिसोर्टको छ । बिकिक्यू वा साँझको पार्टी,  यो रमणीय प्राकर्तिक स्थलमा आनन्ददायी बनाउने प्रबन्ध रिसोर्टले मिलाएको छ ।

बैठक, सम्मेलनका लागि प्रबन्ध :  रिसोर्टले फुटकर रुपमा आउने पाहुना मात्र होइन औपचारिक र अनौपचारिक बैठकहरू, सम्मेलनहरू आयोजना गर्नसक्ने गरि प्रबन्ध मिलाएको छ । पूर्ण प्राविधिक सहयोग, स्वादिला र स्वस्थ्यकर जापानी र नेपाली परिकार, भित्री र बाहिरी ठाउँहरूको व्यवस्था चुस्त रुपमा गरिएको छ । रिसोर्टले विशेष तालिम प्राप्त दक्ष कर्मचारीमार्फत आत्मीय व्यवहारसहितको सेवा विस्तार गरेको छ ।

सुटिङ स्थल :  झट्ट हेर्दा कुनै फिल्ममा देखिने सुन्दर संरचनाजस्तो लाग्छ  देक्काइदो रिसोर्ट । जहाँ मानिसको मन नलोभिने कुरै भएन । पछिल्लो समय भिडियो सुटिङ, टिकटक सुटिङको प्रचलन बढ्दै गएको छ । जसका लागि यो उपयुक्त रोजाइ बन्नेछ । देक्काइदो रिसोर्ट ओनसेनले सुटिङस्थलका रुपमा आफूलाई तयार राखेको छ । त्यसैले यहाँ शुन्दर वातावरणमा गीत, संगीतका भिडियोहरू, व्यावसायिक क्लिपहरू, चलचित्रका दृश्य वा छोटो फिल्म र टिकटक भिडियोहरू सुटिङ पनि गर्न सकिन्छ ।

Avatar

Avatar

Avatar

Avatar
प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

    अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

  • रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

    रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

  • Post Thumbnail

    एचआईभी एड्स र लैंगिक हिंसा सम्वन्धी अभिमुखिकरण कार्यक्रम थाक्रेमा सम्पन्न

  • सरकार र शिक्षक महासङ्घबीच सहमति

    सरकार र शिक्षक महासङ्घबीच सहमति

  • प्रत्यूष ई-पेपर थप

    २०८० असोज ३ गते बुधबार

    २०८० असोज ३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

    अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

    रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

    रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

    Post Thumbnail

    एचआईभी एड्स र लैंगिक हिंसा सम्वन्धी अभिमुखिकरण कार्यक्रम थाक्रेमा सम्पन्न

    सरकार र शिक्षक महासङ्घबीच सहमति

    सरकार र शिक्षक महासङ्घबीच सहमति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0