Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पदभार ग्रहणपछि जिम्मेवार बन (सम्पादकीय)

प्रत्यूष २३५३ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (४ साल अघि)
पदभार ग्रहणपछि जिम्मेवार बन (सम्पादकीय)

धादिङ,११ बैशाख ।

भर्खरै मात्र अधिकाँश स्थानहरुमा सम्पन्न भएको मतदानका नतिजा आएसंगै स्थानीय जनप्रतिनिधिहले सपथ ग्रहण गरी पदभार ग्रहण गरिरहेका छन् ।सार्वजनिक पद धारण गर्ने व्यक्तिले सार्वजनिक पद धारण गर्नु वा आफ्नो कार्यभार सम्हाल्नु अघि संविधानले तोके अनुरुपको ढाँचामा पद तथा गोपनीयताका सपथ लिनुपर्ने हुन्छ ।

पहिलो चरणमा स्थानीय गाउँ नगरमा निर्वाचित प्रमुख पदमा निर्वाचित प्रतिनिधिहरुले जिल्ला न्यायधिषबाट सपथ ग्रहण लिएका छन् भने अन्य प्रतिनिधिहरुको हकमा गाउँ तथा नगरपालिकाका प्रमुखहरुले सपथ ग्रहण गराउने र पदमा आसिन हुन अनुमति दिइने गरिन्छ । प्रचलित कानूनले व्यवस्था गरे अनुरुप सार्वजकि पदमा निर्वाचित, नियुक्ति वा मनोनयनमा परेका प्रतिनिधिहरुको हकमा तोकिएको व्यक्तिबाट सपथ ग्रहण गर्नुपर्ने व्यवथा अनुसार गाउँ/नगपालिकाका प्रमुखहरुले अन्य निर्वाचित पदाधिकारी सदस्य तथा मनोनयनमा परेकाहरुलाई सपथ खुवाउने क्रम जारी छ अबको केही दिनमा यो क्रम सकिने र देशभरीबाट निर्वाचित स्थानीय तहका सदस्यहरुले आफ्नो काम अगाडि बढाउनेछन् ।

निर्वाचित प्रतितिनिधीलाई नीजले कार्यभार सम्हाल्नु अघिदेखी नै कानूनले बाँधेको छ सपथ ग्रहणका लागि सार्वजनिक पद धारण गर्ने व्यक्ति नेपाल सरकारले तोकेको पोशाकमा उपस्थिति हुनुपर्ने र नीजको मातृभाषा के हो र कुन भाषामा सपथ लिने हो भन्ने बारेमा समेत पहिले नै स्पष्ट भैसक्नुपर्ने व्यवस्था छ । यसै अनुरुप अधिकाँश स्थनहरुमा सपथग्रहणका कार्यक्रम कहीमा सम्पन्न भैसकेका छन् भने केहिदिन भित्र बाँकी रहेकाहरुमा सम्पन्न हुने बताइएको छ ।

जो जो जनप्रतिनिधिहरुले सपथ ग्रहण गरी सार्वजनिक पद धारणमा सहभागी हुने अवसर पाएका छन् उनीहरुले नेपाली जनताको नाममा नीजले धारण गर्न लागेको पदको जिम्मेवारी बहन गर्दा प्रचलित कानूनको पालन गरी मुलुक र जनताको भलो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराव भावना नलिई इमान्दारीताका साथ गर्ने बचन बद्धता व्यक्त गर्नुपर्ने हुन्छ ।

नीजले कर्तव्यको पालनाको शिलशिलामा नीजलाई जानकारीमा आएको कुरा नीज बहालमा रहँदा वा नरहँदासम्मको जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालन गर्दा बाहेक अरु अवस्थामा कुनै किसिमको प्रकट वा संकेत गर्ने छैन भनी सपथ ग्रहण गर्नेछन् । यसले उनीहरुलाई कार्यसंचालनको क्रममा थप जिम्मेवारीमा बाँध्ने काम गर्दछ ।

सार्वजनिक पद धारण गर्नेहरुले निष्पक्षताका साथ सेवा गरुन् भन्ने आम नागरिकहरुको आशालाई आत्मसाथ गरुन् र स्थानीय तहलाई शुसाशन र सम्वृद्धितर्फ लैजाउन् भन्ने आम नागरिकहरुको आशालाई उत्साहका साथ काम गरुन्, यसलाई समेत यो सपथले थप मद्धत गर्दछ । अधिकाँश जनप्रतिनिधिहरुले एकाध बाहेकका सायमा म आम नागरिकको प्रतिनिधि हो भन्ने भावको विकास भने पक्कै गराएका छन् ।

सिमित प्रतिनिधिका कारण अन्य राम्रा प्रतिनिधिहरु पनि मुछिने खालका समस्या भने हामीकहाँ छ । निर्वाचित जनप्रतिनिधिहरुले कानून अनुसार चल्ने प्रतिवद्धतालाई आत्मसाथ गरे भने उनीहरु जुन जुन पार्टीबाट आएको भए पनि साझा बन्न सक्छन् त्यसतर्फ भने उनीहरुले विशेष ध्यान देऊन् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

    आलेखः चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता

  • गुल्जार हुने कागबेनीधाम गुमनाम

    गुल्जार हुने कागबेनीधाम गुमनाम

  • Post Thumbnail

    बिजुलीको बिल मोबाइलबाटै तिर्ने प्रणाली प्रभावकारी होस्ः ऊर्जामन्त्री श्रेष्ठ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    पेस्तोल बरामद

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    शैक्षिक क्षेत्रका व्यक्तित्सवलाई सम्मान र पुरस्कार प्रदान

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    मन्त्री श्रेष्ठलाई अर्थ र परराष्ट्र मन्त्रालयको कार्यवाहकको जिम्मेवारी

    Post Thumbnail

    प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution