Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङको चार वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित

प्रत्यूष ३३७ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (१ साल अघि)
धादिङको चार वडामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित

धादिङ,०३ जेठ ।
धादिङको चार वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्रबाट चुनाव लडेका अहिले सम्म ४ जनाले चुनाव जिति सकेका छन् । स्वतन्त्रमध्ये सबैभन्दा धेरै मतान्तरले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा प्रकाश श्रेष्ठले जितेका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार रमेश कोईरालालाई ७९० मतान्तरले पराजित गर्दै बिजयी भएका हुन् । जम्मा खसेको २ हजार २८८ मा श्रेष्ठले ११५३ मत ल्याउँदा काँग्रेसका कोईरालाले ३६३, एमालेका उम्मेदवारले ४०२ र माओवादीका उम्मेदवार बद्री प्रसाद सुवेदीले १०० मत पाएका छन् । नीलकण्ठ नगरपालिका वडा न ८ मा प्रकाश श्रेष्ठको प्यानल नै बिजयी भएका हुन् । वडा सदस्यहरुमा दुर्गा अधिकारी १११८,विमला बराइली ११४०,उमेश मगर १०८५,छविप्रसाद काप्री १०१८ मत प्राप्त गरेका छन् ।

यता नीलकण्ठ नगरपालिका वडा नम्बरमा ३ मा पनि स्वतन्त्र उम्मेदवारी दिएका राजकुमार श्रेष्ठ बिजयी भएका छन् । नेपाली काँग्रेसको पकट क्षेत्र मानिएको नीलकण्ठ ३ नम्बर वडामा गुलाफ चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको श्रेष्ठले कुल २ हजार ८४१ मत खसेकोमा श्रेष्ठले १ हजार ३ सय ३९ मत ल्याउन सफल भए । उनका निकटतम् प्रतिद्धन्दी नेपाली काँग्रेसका गोपी कृष्ण भण्डारी ले ६३९ मत ल्याउदा नेकपा एमालेका किरण पाठकले २४१ मत र नेकपा माओवादीका नारायण कुमार श्रेष्ठले ३९५ मत पाए । श्रेष्ठले काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ ७१० मतको फराकिलो अन्तरले हराउदै विजयी बनेका हुन् ।

यसैगरी धादिङकै ज्वालामुखी गाउँपालिका वडा नं ४ मा पनि नेपाली काँग्रेसका बागी उम्मेद्वार कृष्ण गुरुङ विजयी भएका छन् । २०७४ मा काँग्रेसबाटै टिकट पाएर वडा अध्यक्ष जितेका गुरुङ यसपटक पार्टीलाइ अरुलाइनै टिकट दिएपछि असन्तुष्ट कार्यकर्ताहरुको समर्थनमा बागी उम्मेद्वारी दिएका थिए । खरायो चिन्ह लिएर प्रतिस्पर्धा गरेका गुरुङले ११ सय ३ मत पाउँदा काँग्रेसका कृष्णलाल श्रेष्ठले जम्मा ५ सय ३९ मत मात्रै पाए। नेपाली काँग्रेसको गढ भनेर चिनिने उक्त वडामा यसपटक काँग्रेसको आधिकारिक उम्मेद्वारलाइ एमाललेपनि उछिनेको छ ।

त्यस्तै धुनिवेशी नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा पनि स्वतन्त्रबाट विशाल भट्टराई वडा अध्यक्षमा विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार रेग्मीलाई २०८ मतले पराजित गर्दै बिजयी भएका हुन् । भट्टराईले ८८६ मत ल्याए भने माओवादी केन्द्रका रेग्मीले ६७८, एमालेका उम्मेदवार बुद्धिराज घलेले १८१, राप्रपाका उम्मेदवार भोटे राईले १८ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
ज्वालामुखी गाउँपालिका सम्बन्धि थप
  • अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

    अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

  • रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

    रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

  • Post Thumbnail

    एचआईभी एड्स र लैंगिक हिंसा सम्वन्धी अभिमुखिकरण कार्यक्रम थाक्रेमा सम्पन्न

  • सरकार र शिक्षक महासङ्घबीच सहमति

    सरकार र शिक्षक महासङ्घबीच सहमति

  • प्रत्यूष ई-पेपर थप

    २०८० असोज ३ गते बुधबार

    २०८० असोज ३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

    अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

    रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

    रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

    Post Thumbnail

    एचआईभी एड्स र लैंगिक हिंसा सम्वन्धी अभिमुखिकरण कार्यक्रम थाक्रेमा सम्पन्न

    सरकार र शिक्षक महासङ्घबीच सहमति

    सरकार र शिक्षक महासङ्घबीच सहमति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0