Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

करिब ४७ लाख नेपाली उच्च रक्तचापका बिरामी

प्रत्यूष १२५५ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ ३, मंगलबार (४ साल अघि)
करिब ४७ लाख नेपाली उच्च रक्तचापका बिरामी

काठमाडौं ,०३ जेठ ।

४७ लाख नेपालीमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ। विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले आज आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताए।

डा दासका अनुसार तीमध्ये १० लाखलाई आफ्नो उच्च रक्तचापको बिरामी भएको जानकारी रहेको र ४ लाखले मात्र औषधि सेवन गर्ने गरेका छन्। औषधि सेवन गर्नेमध्ये २ लाखको मात्र उच्च रक्तचाप नियन्त्रणमा रहेको उनको भनाइ थियो।

उच्च रक्तचाप हुन मुख्य कारण तनाव, प्रदूषण, अस्वस्थ्यकर खाना, मद्यपान, सुर्तीजन्य पदार्थको प्रयोग र निष्क्रिय जीवनशैली हुन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले रक्तचापबाट बच्नका लागि सन्तुलित जीवनशैली अपनाउनुपर्ने बताए। डा दासले नसर्ने रोगलाई मन्त्रालयले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारीसमेत गरेको जानकारी दिए।

उच्च रक्तचापका कारण मस्तिष्कघात, हृदयघात, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मिर्गौलाको दीर्घ समस्याजस्ता रोग लागेर अकालमै मानिसको मृत्यु हुन सक्छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवले रक्तचापबाट बच्नका लागि नुन र चिनीको मात्रा कम गर्नुपर्नेमा जोड दिए। उनले उच्च रक्तचापमा सर्वव्यापी गुणस्तरीय समतामूलक स्वास्थ्य सेवाको पहुँच बढाएर यस वर्ष नियमित औषधि सेवन गर्ने सङ्ख्या १० लाख पुर्‍याउने बताए।

विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले रक्तचापको उपचारसँगै जनचेतनासमेत जगाउनुपर्ने बताए। उनले रक्तचापको रोकथामका लागि स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालबाट नै विशेष सेवा प्रवाह गरिरहेको जानकारी दिए। महानिर्देशक सिंहले नियमित रक्तचाप परीक्षण र औषधि सेवनले रोगको रोकथाम गर्न सकिने बताए।

वरिष्ठ हृदयरोग विशेषज्ञ डा ओममूर्ति अनिलले १५ देखि २४ वर्ष उमेर समूहमा उच्च रक्तचाप १० प्रतिशत र ४० वर्षभन्दा माथिका मानिसमा ५० प्रतिशत उच्च रक्तचाप देखिएको जानकारी दिए। उनले काठमाडौँमा पेशागत काम गर्ने युवामा बढी उच्च रक्तचाप देखिएको बताए।

डा अनिलले नुनले मात्र उच्च रक्तचाप नभएर गुलियो र चिल्लो खानेकुरा खाँदा पनि रक्तचाप बढ्ने बताए। उनले ५० प्रतिशत मानिसले आफूमा उच्च रक्तचाप भएको थाहा नपाउने भएकाले यसको  रोकथामका लागि विद्यालय तहदेखि नै पाठ्यक्रममा रक्तचाप र मुटुको रोगसम्बन्धी पठनपाठनको व्यवस्था गर्नुपर्नेमा जोड समेत दिए।

‘दीर्घ जीवनको आधार : नियमित रक्तचाप परीक्षण, नियन्त्रण र उपचार’ मूल नाराका साथ नेपालसहित विश्वभर नै यो दिवस मनाइँदै छ। टाउको दुख्ने, रिङ्गटा लाग्ने, थकाइ महसुस हुने, एक्कासी नाकबाट रगत बग्ने, वाकवाकी लाग्ने, मुटुको धड्कन बढ्नेजस्ता समस्या उच्च रक्तचापका लक्षण हुन्।

उच्च रक्तचापबाट बच्नका लागि धुम्रपान तथा मदिरा सेवन नगर्ने, हरियो सागसब्जी तथा फलफूल धेरै खाने, खानेकुरामा नुनको प्रयोग घटाउने, रातो र धेरै बोसोयुक्त मासु खान कम गर्ने, नियमित व्यायाम तथा योग गर्ने गर्नुपर्छ।–रासस

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

  • Post Thumbnail

    भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

  • Post Thumbnail

    देशभर विपद्का १९ घटना, १२ घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    Post Thumbnail

    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

    Post Thumbnail

    पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता

    Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution