
जेष्ठ २,धादिङ ।
धुनिबेशी नगरपालिका वडा न ६ को वडा अध्यक्षमा रमेश प्रसाद आचार्य निर्वाचित भएका छन् ।
माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार आचार्यले ८१७ मत हासिल गर्दै बिजयी भएका हुन् । उनका प्रतिद्धन्दि नेकपा एमालेका उम्मेदवार बिजय तामाङले ५३२ मत प्राप्त गरेका थिय ।
धुनिबेशी नगरपालिका वडा न ६ मा माओवादी केन्द्रको प्यानल नै बिजयी भएको हो । यस अघिको निर्वाचनमा हार ब्येहोरेका आचार्यलार्ई गठबन्धन दल नेपाली काग्रेस,एकिकृत समाजवादी दलको समेत समर्थन थियो ।
प्रेस सेन्टरका केन्द्रिय सदस्य समेत रहेका आचार्य पत्रकार महासंघको सदस्य समेत राजिनामा दिएर चुनावमा होमिएका थिए ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |