Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आयोगले पहिलो पटक गर्दैछ मतगणनास्थलको अनलाइनबाटै अनुगमन

प्रत्यूष ३४८ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ १, आईतबार (१ साल अघि)
आयोगले पहिलो पटक गर्दैछ मतगणनास्थलको अनलाइनबाटै अनुगमन

काठमाडौं, १ जेठ। 

यतिबेला देशभरका ८५ मतदान केन्द्रबाहेक सबै क्षेत्रको मतगणना भइरहेको छ । जारी मतगणनाको निर्वाचन आयोगले समेत अनुगमन गरिरहेको छ । निर्वाचन आयोगको स्थापना गरिएको भिडियो सेन्टरबाट अनुगमन थालेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतगणनास्थलमा राखिएका सीसीटिभी क्यामेरा र भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टममार्फत अनुगमन थालेको हो ।

तथ्यांक प्रवृष्टका लागि आयोगले छुट्टै सूचना प्रणाली सञ्चालनमा ल्याएको छ । जसबाट मतगणनास्थलमा राखिएका सीसीटिभीमार्फत आयोगले अनुगमन थालेको हो ।

आयोगको कार्यालयमा स्थापना भएको भिडियो कक्षमा कर्मचारीहरूले चौबीसै घन्टा अनुगमन थालेका हुन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार तीन सयभन्दा बढी मतगणनास्थलबाट यसरी अनलाइनमार्फत अनुगमन भइरहेको हो ।

आयोगमा स्थापना भएको कक्षमा एकै पटक ९६ मत गणनास्थलको मत गणना हेर्न सकिने व्यवस्था मिलाइएको छ । आयोगले यस प्रकारणको प्रणालीमार्फत अनुगमन थालेको नेपालको निर्वाचन इतिहासमा पहिलोपटक भएको प्रवक्ता पौडेलले बताए ।

आयोगले ७५३ वटै पालिकाका मतगणनास्थलमा सीसीटिभी जडान गरिएका छन् । जसमार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अनुगमन गरिरहेका छन् । मतगणनामा कुनै विवाद आएमा तथा सुरक्षा दृष्टिलाई मध्यनजर गर्दै सीसी क्यामेरा जडान गरिएको हो।

निर्वाचन आयोगले मतगणनास्थलको सुरक्षा व्यवस्थालाई चुस्त, दुरूस्त पार्न सीसीटिभी क्यामेरा जडान गर्न भनेको थियो । सोही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलमा सीसी क्यामेरा जडान गरेको हो । सोही जडान गरिएको सीसी क्यामेरामार्फत नै आयोगको केन्द्रीय कार्यालयमा रहेका सूचना प्रणालीमार्फत आयोगले अनुगमन गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

    अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

  • रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

    रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

  • Post Thumbnail

    एचआईभी एड्स र लैंगिक हिंसा सम्वन्धी अभिमुखिकरण कार्यक्रम थाक्रेमा सम्पन्न

  • सरकार र शिक्षक महासङ्घबीच सहमति

    सरकार र शिक्षक महासङ्घबीच सहमति

  • प्रत्यूष ई-पेपर थप

    २०८० असोज ३ गते बुधबार

    २०८० असोज ३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

    अब संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : मन्त्री शर्मा

    रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

    रेडक्रस धादिङद्धारा पहिरो विस्तापितहरुलाई सहयोग

    Post Thumbnail

    एचआईभी एड्स र लैंगिक हिंसा सम्वन्धी अभिमुखिकरण कार्यक्रम थाक्रेमा सम्पन्न

    सरकार र शिक्षक महासङ्घबीच सहमति

    सरकार र शिक्षक महासङ्घबीच सहमति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0