Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

धादिङमा एमाले कार्यकर्तामाथि आक्रमण हुँदा चारजना गम्भीर घाइते

प्रत्यूष १५८७ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २८, बुधबार (४ साल अघि)
धादिङमा एमाले कार्यकर्तामाथि आक्रमण हुँदा चारजना गम्भीर घाइते

धादिङ,२८ बैशाख ।

धादिङको सिद्धलेक र त्रिपुरासुन्दरी गाउँपालिकामा एमाले कार्यकर्तामाथि आक्रमण हुँदा चारजना गम्भीर घाइते भएका छन्।

आक्रमणमा परी त्रिपुरासुन्दरीका २५ वर्षीय हरि श्रेष्ठ, २६ वर्षीय रामशरण श्रेष्ठ र ३५ वर्षीय लेकबहादुर विक गम्भीर घाइते भएका हुन्। स्थानीय सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि उनीहरूलाई काठमाडौंस्थित मनमोहन अस्पताल लगिएकोे छ।

आक्रमणमा १० जना भन्दाबढी सामान्य घाइते भएका एमाले त्रिपुरासुन्दरीका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयो। मंगलबार साँझ त्रिपुरासुन्दरी गाउँपालिका १ स्थित डाँडागाउँमा एमालेको घरदैलो अभियानका क्रममा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षका उम्मेदवार बनेका साधुराम भनिने भीमप्रसाद भट्टले खुँडा प्रहार गरेको पन्तको आरोप छ।

जिल्ला अदालत धादिङले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरी फरार भएका त्रिपुरासुन्दरी गाउँपालिका–१ का दिपक उप्रेती र श्रीकृष्ण खड्कासमेत आक्रमणमा सहभागी भएको अध्यक्ष पन्तले बताउनुभयो।

आक्रमण भएको जानकारी पाउनासाथ घटनास्थल पुगेको जनपथ प्रहरी र सशस्त्र प्रहरीले घटनालाई नियन्त्रणमा लिएको थियो।

यसैगरी सिद्धलेक गाउँपालिका–५ स्थित बाघबच्छला नजिकै आक्रमण हुँदा स्थानीय एमालेका २६ वर्षीय राकेश श्रेष्ठ गम्भीर घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका श्रेष्ठको मलेखुस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।घटनामा तीन मोटरसाइकलमा क्षति पुगेको छ।

नेकपा माओवादी केन्द्रका नेता बुद्ध गुरुङको नेतृत्वमा घटना भएकोले आरोपविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने एमाले जिल्ला सचिव अर्जुन श्रेष्ठले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले भने दुई पक्षबीच झडप भए पनि कसले आक्रमण गरे भन्ने कुरा अनुसन्धान भइरहेको बताएको छ । हालसम्म घटनामा संलग्न कसैलाई पनि नियन्त्रणमा लिइएको छैन।

प्रतिक्रिया दिनुहोस
त्रिपुरासुन्दरी गाउँपालिका सम्बन्धि थप
  • लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

  • पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

  • नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

  • मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    पाल्पा पहिरोः पाँच जनाको मृत्यु

    नारायणीको जलसतह हालसम्मकै उच्च

    नारायणीको जलसतह हालसम्मकै उच्च

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशङ्का

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution