Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

ओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय : कांग्रेस प्रवक्ता महत

प्रत्यूष ९८३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (४ साल अघि)
ओलीको पालामा देश ऋणमय भयो, अहिले अनुदानमय : कांग्रेस प्रवक्ता महत

काठमाडौं, २६ वैशाख। 

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले केपी शर्मा ओलीको पालामा देश ऋणमय बनेको बताएका छन् । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. महतले ओलीको पालामा ऋणमय बनेको देश अब विस्तारै अनुदानमय बन्न लागेको बताए ।

‘ओलीको पालामा देश ऋणमय भयो । ऋण बढ्याबढै । त्यो ऋण कस्तो ठाउँमा प्रयोग भयो भने अनुत्पादक क्षेत्रमा,’ महतले भने, ‘१९ अर्ब त उहाँले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर विश्व बैंक लगायतबाट ऋण लिएर सबै आफ्नो मान्छेहरू, कार्यकर्ताहरूलाई बाड्नुभयो । त्यसले स्वरोजगार सिर्जना गर्‍यो न रोजगार ।’

ओलीले ऋण लिएर घ्यू खाने काम गरेको उनको आरोप छ । ‘ऋण लिएर घ्यू खाने भन्छन् त्यही काम गरे,’ महतले भने, ‘घ्यू खाएपनि सबै जनताले पाउने गरी दिएको भए त ल दियो भन्न हुन्थ्यो केही सिमित व्यक्तिहरूले घ्यू खाए, त्यो पनि ऋण लिएर ।’

ओलीले अहिले पनि सरकारको नेतृत्व गरिराखेको भए देश श्रीलंकाको बाटोमा गइसकेको हुने उनको भनाइ छ । ‘ओली जी भइराखेको भए देश श्रीलंकाको बाटोतर्फ उन्मुख हुन्थ्यो । ऋणमाथि ऋण लिने ।

त्यसमा ठूलो कमिसनको खेल,’ उनले भने, ‘हामीले अब ऋणलाई प्राथमिकतामा नराख्ने, लिनै पर्ने भयो भनेपनि धेरै उत्पादनशिल क्षेत्रमा, त्यो पनि न्यून ब्याजदरमा । सून्य ब्याजदर, ०.५ प्रतिशत ब्याजदर । विश्व बैंक, एडीबीले सहुलियतदरको ऋण दिन्छ, त्यस्तो लिने ।’

वर्तमान सरकारले ऋण लिनै परेको खण्डमा सहुलियत दरमा मात्रै लिने गरेको उनको भनाइ छ । ‘कमर्सियल रेटमा ऋण लिने, अनुत्पादक क्षेत्रमा लगानी गर्ने, अनि त्यहाँको लागत बढाइराख्ने, त्यसवाफत कमिसन खाइराख्ने, अनि कहिल्यै तिर्न नसक्ने गरी श्रीलंकाको बाटोमा पु¥याउने दुस्चक्र थियो,’ उनले भने ।

अहिले ऋणमयबाट मुक्त देश अनुदानमय भइरहेको उनको भनाइ छ । ‘झण्डै ६० अर्ब हामीले एमसीसी अन्तर्गत अनुदान पाएका छौं । तत्कालै फेरि अमेरिकाले ८० अर्ब अनुदान दिने सम्झौता भइसकेको छ । जम्माजम्मी १४० अर्ब अनुदान अमेरिकाले दिन लागेको छ । यत्रो ठूलो अनुदान नेपालको इतिहासमा एकै पटक आको छैन् ,’ महतले भने ।

भारत, चीन लगायतका अन्य देशबाट पनि अनुदान सहयोगथ आइरहेको उनको भनाइ छ । ‘भारतमा पनि प्रधानमन्त्रीद्वयको भेट भयो । त्यसपछि भारत सकारले पनि सहयोगको हात उदारताका साथ अनुदानलाई बढाउने भएको छ,‘ महतले भने, ‘चिनियाँ विदेशमन्त्री नेपाल आउनुभयो ।

उहाँले पनि अनुदान सहयोग गर्ने कुरा अघि बढाउनु भएकाे छ । नेपाली कांग्रेसको सरकार बनेपछि अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बढेको छ ।’

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution