Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कांग्रेस कलह : देउवाप्रति कोइराला-निधि असन्तुष्ट

प्रत्यूष ९२० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २६, सोमबार (४ साल अघि)
कांग्रेस कलह : देउवाप्रति कोइराला-निधि असन्तुष्ट

काठमाडौं, २६ वैशाख ।

नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन निर्वाचनमा जाँदै गर्दा गठबन्धनको नेतृत्वदायी दल कांग्रेसमै कलह बढेको छ ।

संस्थापनइतर पक्षका नेता डा. शशांक कोइराला, निवर्तमान उपसभापति विमलेन्द्र निधिलगायत नेताहरू प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवासँग सन्तुष्ट देखिएका छैनन् ।

निर्वाचन आउन चार दिन बाँकी छँदासम्म डा. कोइराला गठबन्धन दलका उम्मेदवारहरूलाई खुलेरै मत मागिरहेका छैनन् ।
कोइरालानिकट एक नेताका अनुसार संस्थापन (देउवा) पक्षले स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोट गर्दा एक्लौटी गरेको छ । त्यसप्रति कोइरालाले असन्तुष्टि जनाउँदै आएका हुन् ।

हुन पनि कोइरालाले गठबन्धन दलहरूबीच तालमेल भएर ११ र १२ वैशाखमा उम्मेदवारी दर्ता लगत्तै भनेका भनेका थिए, ‘अहिले दुःखका भन्नुपर्छ, टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरूले पार्टी कार्यकर्ताहरूप्रति समान रूपले न्याय गर्न सक्नु भएन ।’

डा. कोइराला निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेलमा अरुची राख्ने नेता हुन् । कम्युनिस्ट पार्टीहरू टुटफुटको स्थितिमा रहेको भन्दै तालमेल नगरी निर्वाचनमा जाँदा कांग्रेस पहिलो हुने उनको तर्क थियो ।

तर, १४ चैतमा सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकमा बहुमतले तालमेल गरेर निर्वाचनमा जाने निर्णय पारित गरेको थियो ।
त्यसप्रति पनि उनको असन्तुष्टि रहँदै आएको छ । उनले विज्ञप्ति जारी गरेर उनले सभापति देउवाविरुद्ध पार्टीमा लडिरहने उद्घोष यसअघि नै गरिसकेका छन् ।

‘हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर, पनि हामी लड्छौं’, उनको भनाइ थियो । कोइराला मात्र होइन, निवर्तमान उपसभापति विमलेन्द्र निधि पनि देउवाप्रति सन्तुष्ट छैनन् । पार्टी केन्द्रीय निर्वाचन परिचालन समितिले चुनावी सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा आफूलाई नराखेको भन्दै असन्तुष्ट भएका हुन् ।

त्यही भएर उनले मधेस प्रदेशको राजधानी जनकपुर उपमहानगरपालिकामा आयोजित गठबन्धनको चुनावी सभा बहिस्कार गरे । जुन सभालाई सम्बोधन गर्न पार्टी सभापति देउवालगायत गठबन्धन दलका शीर्ष नेताहरू पुगेका थिए ।

निधि निकट नेता मनोजकुमार साहलाई उक्त उपमहानगरपालिकाको प्रमुख बनाउन चाहन्थे । तर, तत्कालीन राष्ट्रिय जनता पार्टी र हाल जनता समाजवादी पार्टीमा रहेका उपमहानगरपालिका पूर्वप्रमुख लालकिशोर साहलाई प्रमुख बनाउनेगरी देउवा भागबन्डा गरेपछि निधि रुष्ट थिए ।
सोही कारण पार्टीको तर्फबाट उपमहानगरपालिकाको सभापतिसमेत रहेका साहले १० वैशाखमा राजीनामा दिएर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिए ।

साहको स्वतन्त्र उम्मेदवारी निधिकै कारण परेको चर्चा छ । तर, साहले भने निकट भएकै कारण निधिले आफूलाई समर्थन गरेको भन्न नसुहाउने बताए ।

यसरी एकातिर जनकपुर उपमहानगरपालिका गठबन्धन दलहरूबीच तालमेल हुँदा कांग्रेसले नपाउनु र अर्कोतिर आफ्नो राजनीति सिध्याउन देउवाले मधेसबाट नेता महेन्द्र यादवलाई अघि सारेको रूपमा निधिले बुझेको बताइन्छ ।

तर, देउवानिकट सहमहामन्त्री भीष्मराज आङ्देम्बे पार्टीभित्र नेताहरूबाट सन्तुष्टि/असन्तुष्टि व्यक्त भइरहने बताउँछन् । यसलाई अस्वाभाविक मान्न नहुने उनको भनाइ छ ।

‘जायज सवाल सम्बोधन हुन्छ । कतिपय सम्बोधन गर्न चाहँदा चाहँदै पनि प्राविधिक रूपमा हुँदैन । अहिले त्यस्तै भएको हो । र, केही नेताले असन्तुष्टि जनाउनु भएको होला । यसलाई स्वाभाविक मान्नुपर्छ’, आङ्देम्बेले बताए ।

कांग्रेसमा यसअघि देउवालाई घरिघरी आलोचना भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिंहले गर्दै आएका थिए । तर, हाल पूरै साथ दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

  • Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

  • Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

  • Post Thumbnail

    सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    घुस लिएको आरोपमा मुद्दा दायर

    Post Thumbnail

    लागुऔषधसहित तीन जना पक्राउ

    Post Thumbnail

    देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution