
लमजुङ, २६ वैशाख
लमजुङमा आफैँले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । सुन्दरबजार नगरपालिका- ४ का ४४ वर्षीय खुमबहादुर नेपालीको राँगाले हानेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोठमा राँगो बाँध्न गएका खुमबहादुरलाई राँगोले हानेपछि गम्भीर घाइते भएका थिए । घाइते नेपालीलाई उपचारका लागि बेसीसहरस्थित जिल्ला अस्पताल ल्याइएको थियो ।
बेसीसहरमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज रिफर गरिएकोमा बाटोमै गम्भीर अवस्था भएपछि फर्काएर सुन्दरबजार ९, सिउाडीबारको भोटेओडार अस्पतालमा ल्याइएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो रागोले शनिबार साँझ खुमबहादुरकी छोरी २० वर्षीया रविनालाई हानेर घाइते भएकी थिइन् । उनको बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । तीन वर्षको सो रागोलाई प्रहरीले गोली हानेर मारेको छ । उक्त राँगोलाई दिमागी असन्तुलन भएको हुनसक्ने बताएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |