Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १८, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

प्रत्यूष १०१५ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (४ साल अघि)
कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

काठमाडौं, २५ वैशाख  । 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो ।

निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ ।

निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा नियमित खोप अभियान सञ्चालन हुने भएकोले सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्ध खोप लगाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

छिमेकी मुलुकहरूमा पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत रहन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । छिमेकी मुलुकहरूमा संक्रमण बढ्दै जाँदा  नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन मन्त्रालयले सबैमा अनुरोध गरेको हो ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ । त्यस्तै उत्तरी छिमेकी देश चीनमा समेत कोरोना संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा सबैले सचेतना अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बताइन् ।

स्थानीय तह निर्वाचनका लागि भीडभाड बढी हुने भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र चुनावी गतिविधि गर्न आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

  • Post Thumbnail

    भन्सार छलीका सामान बरामद

  • Post Thumbnail

    स्वास्थ्य शिविरबाट चार सय जना लाभान्वित

  • Post Thumbnail

    देशभर विपद्का १९ घटना, १२ घाइते

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १८ गते आइतबार

    २०८३ असोज १८ गते आइतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन

    Post Thumbnail

    पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री पुन

    Post Thumbnail

    पक्की पुल अलपत्रः झोलुङ्गे पुलबाट ट्रान्सफर्मर बोक्नुपर्ने बाध्यता

    Post Thumbnail

    वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नैै सञ्चालनमा आउने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution