Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ माघ १०, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

खाना पकाउने ग्यासको अभाव

४५६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २४, शनिबार (३ साल अघि)
खाना पकाउने ग्यासको अभाव

काठमाण्डौ,२४ बैशाख।
बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ । उपभोक्ताले ग्यास सहजै पाउन नसकेको गुनासो गरेका छन् । बजारमा सहजै ग्यास नपाइँदा एउटा मात्रै सिलिन्डर भएका र विद्यार्थी बढी समस्यामा परेका छन् । देशभर ५९ वटा ग्यास कम्पनी छन् । झन्डै डेढ करोड सिलिन्डर बजारमा उपलब्ध छ । अहिले गर्मीको सिजन ग्यास कम खपत हुने सिजन पनि हो । तर समस्या देखिएको छ ।

थोरै उत्पादन गर्ने ग्यास कम्पनीको ग्यास समस्या भएको र अरु ग्यासमा व्यवसायीले लुकाएको समेत अनुगमनका क्रममा पाइएको नेपाल आयल निगमले जनाएको छ । ग्यास सहज गराउनु आफूहरुको दायित्व भए पनि यसको दीर्घकालीन समस्या समाधानका लागि सरकारी तहबाटै भण्डारण गर्नुपर्नेमा अहिलेसम्म नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताउनुभयो ।

नेपालमा एलपीजी ग्यास निजी क्षेत्रले भण्डारण गर्दै आएको तर सरकारले भण्डारणको व्यवस्था गर्न नसकेकाले पटक–पटक समस्या हुने गरेको उहाँको भनाइ छ । एक महिनाअघि ग्यास उद्योगीहरूले बाह्य तथा आन्तरिक ढुवानी भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा प्रणाली कायम गर्न माग गर्दै आन्दोलन गरेका थिए ।

जसका कारण चैत ६ देखि दुई हप्तासम्म ढुवानीमा अवरोध हुँदा बजारमा ग्यास अभाव देखिएको निगमको दाबी छ । अलिकति असहज हुने बित्तिक्कै ग्यास पाइँदैन की भन्ने आशङ्काले उपभोक्ताले अनावश्यक सञ्चिति गर्ने भएकाले पनि एउटा मात्रै ग्यास सिलिन्डर हुनेहरु मारमा पर्ने गरेको उहाँको भनाइ छ । केही उपभोक्ताले एकै पटक चार÷पाँच वटासम्म सिलिन्डर भरेर राख्ने गरेका छन् ।

अहिले मुख्य समस्या काठमाण्डौ उपत्यकाभित्र देखिएको निगमको भनाइ छ। अबका केही दिनमा सहज हुँदै जाने पनि प्रवक्ता उपाध्यायले बताउनुभयो । ग्यास भएर पनि उपभोक्तालाई ग्यास नदिने व्यवसायीको अनुगमन गरेर कारबाही भइरहेको र अनुगमनकर्ता निकायसँग समन्वय गरी थप अनुगमन गरिने उहाँले बताउनुभयो । –उज्यालो

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

  • प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

  • आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

  • हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ माघ १० गते शनिबार

    २०८२ माघ १० गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    उपभोगमुखी अर्थतन्त्रलाई निरुत्साहन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    आज अन्तरराष्ट्रिय शिक्षा दिवस

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution