Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष २९, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारको उम्मेदवारी निष्कृय गराउने

प्रत्यूष ४२८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (३ साल अघि)
पाँच दलीय गठबन्धनले बागी उम्मेदवारको उम्मेदवारी निष्कृय गराउने

काठमाडौं, २३ वैशाख। 

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने भएका छन् । गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय पाँच दलीय गठबन्धनको सचिवालय बैठकले गरेको छ ।

स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सचिवालय बैठकले स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द्र तवरले सम्पन्न गराउनका लागि गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिवद्ध रहने निर्णय गरेको छ ।

त्यस्तै गठबन्धनमा रहेका दलहरुबीच आपसी समझदारीमा दिइएका उम्मेदवार विरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्कृय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्व समक्ष आग्रह गर्ने निर्णय समेत सचिवालय बैठकले गरेको हो । यस्ता उम्मेदवारकाबारे हरेक दलले एक अर्कालाई जानकारी गराउनुपर्ने छ ।

स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरू बीचमा असमझदारी सिर्जना भएमा आपासी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने निर्णय समेत गरिएको छ ।

त्यस्तै स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धन दल बाहेक अन्य राजनैतिक दलहरुसँग असहमति वा असझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरूबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहनेछ ।

सचिवालय संयोजक एवं केन्द्रीय सदस्य नानु बास्तोलाको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रबाट डोरप्रसाद उपाध्याय, नेकपा एकीकृत समाजवादीका लक्ष्मण केसी, जनता समाजवादी पार्टीबाट लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीको उपस्थिति रहेको थियो ।

पाँच दलीय गठबन्धनको यसअघिको बैठकले बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारवाही गर्ने निर्णय गरेको थियो । बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिने बागीलाई सम्बन्धित पार्टीले कारवाही गर्न निर्देशन दिएको थियो ।

Avatar

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

  • अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

  • भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

  • अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस २९ गते मंगलबार

    २०८२ पुस २९ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ट्राफिक सप्ताह–२०८२ :  ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    ट्राफिक सप्ताह–२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी

    अन्तर्वार्ताः  तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    अन्तर्वार्ताः तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    भरतपुरमा बृहत् चक्रपथ उद्घाटन

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution