Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २०, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चुनावी प्रचारप्रसार : खेतबारीदेखि सामाजिक सञ्जालसम्म

प्रत्यूष १२० पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (१ साल अघि)
चुनावी प्रचारप्रसार : खेतबारीदेखि सामाजिक सञ्जालसम्म

तनहुँ, २३ बैशाख। 

तनहुँको १० स्थानीय तहको ८५ वडामा एक हजार ६३५ उम्मेद्वारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गर्दै छन् । सबैजसो उम्मेद्वार यतिबेला मत माग्दै घरदैलो गरिरहेका छन् ।  हरेक घरमा पुगेर आश्वासन बाड्दै छन् उम्मेद्वारहरू । घरमा नभेटेका मतदातालाई खेतबारीमा पुगेर भेट्दै छन् । खेतबारीमा काम पनि सघाएजस्तो गर्छन् उम्मेद्वारहरूले केहीबेर ।

मतदाता रिझाउन ठाउँ ठाउँमा चुनावी सभा पनि भइरहेका छन् । उम्मेद्वारलाई भोट मागेको जिंगल र राजनीतिक दलको चुनावी गीत घन्काउँदै चुनावी प्रचारप्रसार भइरहेको छ । यसपालि उम्मेद्वारले प्रचारप्रसारका लागि सामाजिक सञ्जालको पनि अधिकतम प्रयोग गरिरहेका छन् ।

विशेष त फेसबुक र टिकटकमा बढी प्रचार गरेको देखिन्छ । चुनावी घोषणापत्रको सार्वजनिकसँगै घरदैलो अभियानको प्रचारप्रसार फेसबुकमार्फत भइरहेका छन् । फेसबुक र टिकटकमा भिडियो बनाएर भोट अपिल भइरहेका छन् । सामाजिक सञ्जालको दुनियाँमा प्रवेश नै नगरेका उम्मेद्वारको पनि प्रचारप्रसार समूहले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् ।

व्यास नगरपालिकाको मेयरमा दोहोरिनलाई नेपाली कांग्रेसबाट उम्मेद्वारी दिएका बैकुण्ठ न्यौपाने उम्मेद्वारी दर्तासँगै फेसबुकमा जोडिएका छन् । उनको प्रचारप्रसार समूहले फेसबुक पेज खोलेर अपडेट गरिरहेका छन् । बैकुण्ठको घोषणापत्रसँगै घरदैलो अभियानमा गरेको सम्बोधनको भिडियो पेजमा अपडेट गरिन्छ । फेसबुकले प्रचारप्रसारसँगै जनतासँग जोडिन सहज बनाएको मेयरका उम्मेद्वार न्यौपाने बताउँछन् ।

उनी भन्छन्,  ‘घरदैलो गरिरहेको छु । सबै घरमा पुग्नलाई पनि सम्भव हुदैन । तसर्थ सामाजिक सञ्जालबाट पनि टिमले प्रचारप्रसार गरिरहेको छ ।’ फेसबुकको पोस्टमा आएका प्रतिक्रियाको अध्ययन गर्ने र सुझावको रूपमा ग्रहण गर्ने गरेको उनले बताए ।

शुक्लागण्डकी नगरपालिकाको मेयरमा उम्मेद्वारी दिएर चुनावी मैदानमा होमिएका एमालेका मुक्तिनाथ तिम्लिसिनाको पनि घरदैलोसँगै फेसबुक र टिकटकमा प्रचारप्रसार भइरहेको छ । उनी घरदैलोमा व्यस्त छन् । उनको प्रचारप्रसारमा खटिएको युवाको टिमले भोट आह्वान गरेको तस्बिर र भिडियो अपडेट गरिरहेका छन् । सामाजिक सञ्जालको प्रयोगले प्रचारप्रसारमा निकै सहज बनाएको तिम्लिसिनाले बताए ।

‘सबै ठाउँमा घरदैलो गर्नलाई पनि समय छोटो हुँदा सम्भव नहुने रहेछ । यसपालि प्रविधिको विकाससँगै सामाजिक सञ्जालको प्रयोग भइरहेको छ । सामाजिक सञ्जालको पहुँच राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पनि हुने भएकाले हाम्रो एजेन्डाहरू राख्न पाएका छौँ । त्यहाँबाट धेरै सुझावहरु पनि लिएका छौँ । उम्मेद्वारहरुलाई प्रविधिमैत्री बन्न पनि सिकाएको छ’, उनले भने ।

आफ्ना घोषणपत्रमा उल्लेख नभएका तर देशविदेशमा रहेका शुक्लावासीले सामाजिक सञ्जालबाट दिएको सुझावलाई घोषणा पत्रमा समेट्ने गरेको तिम्लिसिनको भनाइ छ । सामाजिक सञ्जालमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दा वैदेशिक रोजगारीमा भएकाहरूले आफ्ना परिवारका सदस्यलाई भोट हाल्न लगाउने उनको विश्वास छ ।

अहिले हर घरमा सामाजिक सञ्जाल प्रयोगकर्ता भएकाले चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल प्रयोग गरिरहेको शुक्लागण्डकी नगरपालिकामा गठबन्धनको तर्फबाट उपमेयरमा उम्मेद्वारी दिएका खुमबहादुर विक राजुले बताए । ‘गाउँ गाउँमा सबैसँग मोबाइल छन् । सामाजिक सञ्जालमा प्रतिबद्धतापत्र, भिडियो र फोटोहरू पोस्ट गर्न पाउँदा सहज भएको छ । उम्मेद्वारहरूलाई चिनाउन पनि सघाएको छ’, उनले भने । आफ्नो घोषणापत्रमा प्रविधिलाई पनि जोड दिएको उनले बताए ।

उम्मेद्वारहरुले फेसबुक पेजमा प्रतिबद्धताको फोटो भिडियो बुस्ट गरिरहेका छन् । जस्ले गर्दा लाखौँ रुपैयाँ प्रचारप्रसारमा विदेशीँदै छ । अर्कोतर्फ स्थानीय सञ्चार माध्यमको आम्दानी पनि घटाएको छ ।  सामाजिक सञ्जालकै कारण सञ्चार माध्यमसँग उम्मेद्वार टाढिएको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्जवल पौडेल बताउँछन् ।

‘उम्मेद्वारको एजेन्डादेखी चुनावी कार्यक्रम र घरदैलोको तस्बिर सामाजिक सञ्जालमै राख्ने तर सञ्चार माध्यमसँग नआइपुगेको हो कि जस्तो देखिन्छ । विगतको निर्वाचनको तुलनामा विस्तारै सामाजिक सञ्जालले सञ्चार माध्यमलाई उछिनेको महसुस गराएको छ’, पौडेलले भने ।

एकातिर निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेको कारण उम्मेद्वारको प्रचारप्रसार गर्न सञ्चार माध्यमलाई रोक लगाएको छ । अर्कोतर्फ उम्मेद्वार सामाजिक सञ्जालमा केन्द्रित हुदा आचारसंहिताले तोकअनुसार प्रचारप्रसार सामाग्रीको विज्ञापन निकै कम आएको पौडेलको भनाइ छ ।

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

  • ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

    ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

  • नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान

    नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान

  • ‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’

    ‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’

  • प्रत्यूष ई-पेपर थप

    २०८० जेष्ठ १२ गते शुक्रबार

    २०८० जेष्ठ १२ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    व्यावसायिक रूपमा ड्रागन खेती सुरु

    ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

    ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

    नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान

    नक्कली शरणार्थी प्रकरण : खाणसहित तीनको बयान

    ‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’

    ‘मनसुनको सँघारमा किन गर्मी बढ्यो’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0