Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महाधिवेशनपछि राप्रपामा लिङ्देन ‘एक्सप्रेस’

प्रत्यूष २५८८ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख २१, बुधबार (४ साल अघि)
महाधिवेशनपछि राप्रपामा लिङ्देन ‘एक्सप्रेस’

काठमाडौं, २१ वैशाख।

राप्रपाको महाधिवेशन सकिएको पाँच महिना नाघ्यो । गत १५–१७ मंसिरमा भएको महाधिवेशनले अध्यक्षमा कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन विजयी भए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन त्यतिबेला दबाबमा आए, जतिबेला स्थानीय तहको निर्वाचन घोषणा भयो ।

कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रुपमा पुगेका लिङ्देनले ‘संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो, राजनीति ठिक छैन । राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ’ भनेर मन्तव्य दिए ।

महाधिवेशन स्थलमा पुगेका कांग्रेसका प्रतिनिधि र सहभागीले ताली बजाए, उनीपछि मञ्चमा पुगेका केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाले लिङ्देनको टिप्पणीप्रति समय खर्चिनुपर्‍यो । देश स्थानीय तहको निर्वाचनको माहोलमा प्रवेश ग¥यो । राप्रपामा नेतृत्व नयाँ भए पनि पार्टीको परम्परागत संरचना चुनाव जित्नका लागि पर्याप्त थिएन । यसर्थ लिङ्देन सबैभन्दा समयको दबाबमा परे । अध्यक्ष लिङ्देनले १८ र १९ फागुनमा काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाए । केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गराएर लिङ्देन २२ फागुनदेखि देश दौडाहामा निस्किए ।

उनले कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश बनाउन नसकेको, राष्ट्रिय भावना र स्वाभिमान झन् कमजोर हुँदै गएको, भ्रष्टाचारले देश चुर्लुम्म भएको, आफूले भ्रष्टाचार नगर्ने संकल्प लिएको, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर देश र जनताको सेवामा समर्पित हुन राजनीतिमा सक्रिय रहेको जस्ता अभिव्यक्ति दिँदै आएका छन् ।

राप्रपाले देशभर दिनहुँजसो सभाहरूको आयोजना गर्दै गयो । हरेक सभामा केन्द्रीय नेताहरूसँँगै लिङ्देन आफैं पुग्न थाले ।  काठमाडौंमा जनताको ’रेस्पोन्स’ परीक्षण गर्न २५ चैतमा काठमाडौंमा राप्रपाले सभाको आयोजना गर्‍यो ।

अध्यक्ष लिङ्देनले २४ चैतमा इलामको फिक्कलमा आमसभाका लागि समय दिए । पार्टीका अन्य नेताहरूले काठमाडौंको सभालाई सफल र भव्य बनाउन अध्यक्ष लिङ्देनलाई इलामको सभा रद्द गर्न र काठमाडौं केन्द्रीत हुन सुझाव दिए । पूर्वनिर्धारित कार्यक्रम रहेको र इलाममा तयारी भइरहेकाले रद्द नगरी लिङ्देन इलाम पुगे । साँझ अबेर फर्किएका लिङ्देन सिधै पार्टी कार्यालय पुगेर तयारीको ब्रिफिङ्ग लिए । काठमाडौंको सभामा पनि सहभागी भए ।

उनले २६ चैतदेखि १० वैशाखसम्मको आफ्नो तालिका सार्वजनिक गरे । लिङ्देनको सहभागितामा देशका ५२ जिल्लामा ८० भन्दा बढी सभाहरु भइसकेका छन् । काठमाडौं, पोखरा, वीरगञ्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर लगायत देशका अधिकांश जिल्लामा सभा गरेको राप्रपाले उम्मेदवारी दर्तापछि पनि सभाहरूलाई निरन्तरता दिइरहेको छ । कैलालीमा एकैदिन आठवटा सभा गरेको राप्रपाले नुवाकोटमा दुई, वीरगञ्जमा दुई, लमजुङ, तनहुँमा साना ठूला कोणसभा र सभाहरु भए ।

बुधबार लिङ्देन झापामा हुने विभिन्न सभाहरुमा सहभागी हुन झापा पुगेका पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
मेचीनगर, हल्दिबारी, भद्रपुर, शिवसतासीमा हुने सभामा सम्बोधन गर्न झापा पुगेका लिङ्देन तीन दिनअघि कचनकवलको घेराबारी सभामा पुगेका श्रेष्ठले जानकारी दिए ।

कचनकवल र हल्दिबारी अघिल्लो निर्वाचनमा राप्रपाले जितेको स्थानीय तह हुन् । कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस, एमालेको गठबन्धन बनेको छ । निर्वाचनको मौन अवधि हुने दिनसम्म लिङ्देनले सभाका लागि विभिन्न जिल्लामा समय दिएका छन् ।

ती सभा जनताको उल्लेख्य सहभागिता रहेको र देखिएको जनलहरलाई भोटमा रुपान्तरण गर्न अध्यक्ष लिङ्देनको देशव्यापी दौडाहा भएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

  • Post Thumbnail

    हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

  • Post Thumbnail

    यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणीको निगरानी

  • Post Thumbnail

    सहकारीका ऋणीलाई ११ करोड असुली

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

    Post Thumbnail

    हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

    Post Thumbnail

    यसरी हुन्छ जलमापन केन्द्रबाट नारायणीको निगरानी

    Post Thumbnail

    दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution