
वर्लिन, १४ वैशाख
जर्मन सरकारले युक्रेनलाई करिब ५० वटा एन्टि–एयरक्राफ्ट ट्यांकहरु प्रदान गर्ने भएको छ । युक्रेनलाई अझै बढी हतियार उपलब्ध गराउने विषयमा अमेरिका र उसका साझेधारबीच जर्मनीको एउटा हवाई आधारमा बैठक गरिरहेका वर्लिनको सो निर्णय आएको हो ।
यसअघि अमेरिकाले युक्रेनलाई थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीको युक्रेन भ्रमणपछि अमेरिकाले युक्रेनलाई रुसी सेनाको प्रतिकार गर्न थप हतियार उपलब्ध गराउने घोषणा गरेको थियो ।
यसैबीच रुसी विदेशमन्त्री सर्गेई लाभरोभले तेस्रो विश्व युद्धको चेतावनी दिएका छन् ।-एजेन्सी

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |