Logo
  • ई-पेपर
  • फुर्सदमा
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०७९ माघ १५, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, पालो मिलाएर मनोनयन दर्ता गर्न दललाई आग्रह

प्रत्यूष १२९ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (९ महिना अघि)
चितवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना, पालो मिलाएर मनोनयन दर्ता गर्न दललाई आग्रह

चितवन, ८ वैशाख ।

निर्वाचन आयोगले बिहीबार चितवनको सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो भने ६ पालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृतसहित १० जना कर्मचारी खटाइएको छ । निर्वाचन अधिकृतको कार्यालयमा नौ जनालाई खटाइएको छ । कार्यालयहरुले आजै निर्वाचन कार्यक्रम प्रकाशित गर्ने जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले जानकारी दिए ।

निर्वाचन कार्यक्रम र आचारसंहिताको विषयमा आज सर्वदलीय बैठक पनि बस्दै छ । जिल्ला समन्वय समितिको कार्यालयमा बैठक बस्न लागेको हो । आयोगले ११ र १२ वैशाख गते मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ ।

मनोनयन दर्ता गर्ने दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुन सक्ने भीडभाडलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । चितवन उद्योग संघको आडमा रहेको उद्योग प्रशिक्षण प्रतिष्ठानको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मनोनयनका दिन मनोनयन दर्ता गर्ने उम्मेदवार, उम्मेदवारका प्रस्तावक र समर्थकलाई मात्र निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गर्न दिइने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिए ।

‘भीडभाड व्यवस्थापनका लागि कार्यालयबाहिर उत्तरतर्फ नेपाल टेलिकम चोक र दक्षिणतर्फ विद्युत चोकमा कडाई गर्छौं । उम्मेदवार र उम्मेदवारका प्रस्तावक र समर्थकबाहेकलाई प्रवेश गर्न दिँदैनौँ,’ उनले भने । मनोनयन दर्ता गर्ने समय दुई दिन भएकाले दलहरुलाई सुरक्षा निकायसँग समन्वय गरेर पालो मिलाएर आउन भनिने उनले बताए ।

आयोगले मुख्य निर्वाचन अधिकृतमा जिल्ला अदालत चितवनका न्यायाधिस प्रकाश कुमार अधिकारीलाई खटाएको छ । निर्वाचन अधिकृतका रुपमा रत्ननगरमा राष्ट्रिय सतर्कता केन्द्रका उपसचिव विनोद कुमार गौतम, खैरहनीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बागमतीकी उपसचिव सरस्वती पौडेल खटिएका छन् ।

राप्तीमा सहायक सिडिओ शिवप्रसाद रिजाल, कालिकामा जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्री, माडीमा जिल्ला समन्वय अधिकारी चुडामणि शर्मा गौतम र इच्छाकामनामा जिल्ला अदालतका श्रेस्तेदार ईश्वर आचार्यलाई खटाइएको छ । निर्वाचन अधिकारीसहित सबै निर्वाचन अधिकृतहरुलाई १ र २ वैशाखमा आयोगले तालिम दिएको थियो ।

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । भरतपुरमा एक लाख ८५ हजार ७५२, रत्ननगरमा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, राप्तीमा ४० हजार ६४९, कालिकामा ३१ हजार १५७, माडीमा २८ हजार ३२० र इच्छाकामनामा १५ हजार ६३४ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • मेतियाबिन्दु छनौट आँखा शिविरमा धादिङका ४०८ जनाको आँखा जाँच

    मेतियाबिन्दु छनौट आँखा शिविरमा धादिङका ४०८ जनाको आँखा जाँच

  • अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

    अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

  • पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

    पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

  • अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

    अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

  • प्रत्यूष ई-पेपर थप

    २०७९ माघ १५ गते आईतबार

    २०७९ माघ १५ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मेतियाबिन्दु छनौट आँखा शिविरमा धादिङका ४०८ जनाको आँखा जाँच

    मेतियाबिन्दु छनौट आँखा शिविरमा धादिङका ४०८ जनाको आँखा जाँच

    अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

    अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन

    पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

    पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण

    अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

    अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • फुर्सदमा
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution
    0