Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन ११, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मधेस केन्द्रित र राजावादी दलले जितेका स्थानमा कांग्रेसको दावी, जसपा नछाड्ने पक्षमा

प्रत्यूष १०१२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ३, शनिबार (४ साल अघि)
मधेस केन्द्रित र राजावादी दलले जितेका स्थानमा कांग्रेसको दावी, जसपा नछाड्ने पक्षमा

काठमाडौं, ३ बैशाख ।

तराई मधेस केन्द्रित र राजतन्त्रवादी शक्तिले अघिल्लो निर्वाचनमा विजय हासिल गरेका महानगर र उपमहानगरमा पाँच दलीय गठबन्धनको प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले मेयर र उपमेयर पाउनु पर्ने दावी प्रस्तुत गरिरहेको छ ।

पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा केन्द्रबाट गर्ने निर्णय भईरहेको बेला तराई मधेस केन्द्रित राजनीतिक दल र राजतन्त्रवादी शक्तिले विजयी हासिल गरेका स्थानमा कांग्रेसले दावी प्रस्तुत गरिरहेको हो ।

राजतन्त्रवादी शक्ति तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले विजयी हासिल गरेको बाँकेस्थित नेपालगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले दावी नछाडेपछि जनता समाजवादी पार्टी (जसपा नेपाल) गठबन्धनवाट नै बाहिरिएको छ । जसपा नेपाल जिल्ला अध्यक्ष कमरुद्धिन राईले जसपालाई नेपालगञ्ज छाड्न कांग्रेसले नमान्दा गठबन्धनवाट बाहिरिनु परेको जनाएका छन् ।

उनका अनुसार नेपालगञ्जमा अब जसपा नेपालले एक्लै निर्वाचन लड्नेछ । राप्रपाबाट विजयी मेयर धवलशमशेर राणाले पुनः उम्मेदवारी नदिने घोषणा गरेको तथा नेकपा एमालेबाट नवप्रवेशी पशुपतिदयाल मिश्र मेयरको उम्मेदवार भएपछि गठबन्धनभित्र मुख्यतः जसपा र कांग्रेसबीचमा मनमुटाव हुन पुगेको हो ।

उता, पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णयअनुसार पर्सास्थित वीरगञ्ज महानगरपालिका जसपालाई दिने ‘सैद्धान्तिक सहमति’ भए पछि कांग्रेसको स्थानीय नगर कमिटी बिच्किन पुगेको छ ।

वीरगञ्ज महानगर समितिका सभापति मनिन्द्रलाल श्रेष्ठले वीरगञ्जमा कांग्रेसको स्वभाविक दावी रहेको उल्लेख गर्दै पाँच दलीय गठबन्धनबाट बाहिरिएर एक्लै निर्वाचनमा जाने निर्णय गराइसकेका छन् । केन्द्रीय निर्णयअनुसार गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ वटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको उल्लेख गर्दै महानगर सभापति श्रेष्ठले कांग्रेसले एकल उम्मेदवारी दिने घोषणा गरेका छन् । जसकाकारण जसपाले जितेको स्थानमा कांग्रेसको दावी स्पष्ट देखिएको छ ।

तत्कालिन जसपा नेपालबाट निर्वाचित मेयर विजय सरागवी एमाले प्रवेश गरे पनि गठबन्धनको केन्द्रिय सहमतिअनुसार सो स्थानमा जसपाको नै भागबन्डामा परेको छ । तर, जसपाको भागबन्डामा परेको कांग्रेसले मेयर र उपमेयरमा दावी गर्दै सोअनुसार दिन गठबन्धनका अन्य दल तयार नभएको खण्डमा गठबन्धन नै नगर्ने निर्णय गराएर दबाब बढाइसकेको छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालले विजयी हासिल गरेको जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसले दावी गरेको छ । हाल महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा नेपाल)ले नेतृत्व गरेको जनकपुरधाममा कांग्रेसले दावी गर्दै नपाएको खण्डमा एकल रुपमा उम्मेदवारी दर्ता गराउने भएको छ ।

नगर समितिका सभापति मनोजकुमार साहका अनुसार पाँच दलीय गठबन्धनको राजनीतिक संयन्त्रमा जनकपुरधाम कांग्रेसले पाउनु पर्ने दावी प्रस्तुत गरिसकेका छन् । ‘वडा अध्यक्ष र सदस्यमा गठबन्धन आवद्ध दलका बीचमा सहमति गरेर जान सकिने भए पनि मेयर र उपमेयर भने कांग्रेसले पाउनु पर्छ,’ साहले भनेका छन्, ‘यदि हँुदैन भने जनकपुरमा मेयर उपमेयरसहित २५ वटै वडामा कांग्रेसले एकल उम्मेदवारी दिनेछ, हामीलाई जित्न गठबन्धन चाहिँदैन् ।’ जनकपुरमा अझैसम्म मेयर र उपमेयरको उम्मेदवारी घोषणा भइसकेको अवस्था छैन ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

  • फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

  • भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

  • सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    कालीगण्डकीले पोखरेबगरको पुल बगायो

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

    सप्तरीका ५०० घर डुबानमा

    सप्तरीका ५०० घर डुबानमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution