Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

आफ्नै निर्णयविपरीत बालुवाटारमा कांग्रेसका बैठक

प्रत्यूष १०८६ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (४ साल अघि)
आफ्नै निर्णयविपरीत बालुवाटारमा कांग्रेसका बैठक

काठमाडौं, ०८ बैशाख ।

सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नै निर्णयविपरीत पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्न थालेको छ ।

गत ७ साउनमा पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने निर्णय गरेको कांग्रेसले पछिल्लो समय कांग्रेस तथा पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमै राख्दै  आएको छ ।

कांग्रेसको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने भन्दै ८ साउनमा डाकिएको पार्टी बैठकलाई सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा राखिएको थियो ।

बालुवाटारमा बैठक राख्दा पार्टीभित्र र बाहिर आलोचना भएपछि कांग्रेसले गत ८  साउनमा डाकिएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकलाई देउवा निवास बुढानीलकण्ठमा राखेको थियो ।

तत्कालीन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको औपचारिक बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने जानकारी दिँदै ट्वीट गरेका थिए ।

विगतको गलत परम्परालाई तोड्दै अबदेखि पार्टीको औपचारिक बैठकमा नबस्ने उनले बताएका थिए । सोही निर्णय कार्यान्वयन गर्दै गत ८ साउनमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुढानीलकण्ठमा राखिएको थियो ।

तर, सोही निर्णयविपरीत बिहीबार पनि बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ,’ उनले भने, ‘निर्वाचनलगायत समसामयिक विषयमा छलफल भइरहेको छ।’

पछिल्लो समय सत्तारुढ गठबन्धनको बैठक पनि बालुवाटारमै बस्दै आएको छ । उक्त बैठक ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउन केन्द्रित रहँदै आएको छ । यी बैठकले गठबन्धनका पाँच दलबीच भागबन्डा मिलाउनदेखि उम्मेदवार चयन गर्नेसम्मका निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution