Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री पाण्डे

प्रत्यूष २९० पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २२, बुधबार (३ साल अघि)
कर्मचारी देश र जनताप्रति उत्तरदायी हुनुपर्ने : मुख्यमन्त्री पाण्डे

हेटौडा,२२ भाद्र ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राजनीतिज्ञ र कर्मचारीले सधैँ देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । १९औँ निजामती सेवा दिवसका अवसरमा आज हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले कर्मचारीहरूलाई सक्रिय ढङ्गबाट जनताको कामकाज गर्न निर्देशन दिनुभयो ।

उहाँले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै राष्ट्रसेवक निजामती कर्मचारीलाई अझ बढी समर्पण भावका साथ देश र जनताको सेवामा काम गर्ने उत्प्रेरणा मिलोस् भन्दै शुभकामनासमेत दिनुभयो ।

“हामी राजनीतिज्ञले जनताको मतबाट पाएको मान सम्मान प्रतिष्ठा र जिम्मेवारी कहिल्यै भुल्नु हुँदैन । त्यस्तै राष्ट्रसेवक कर्मचारीले पनि गाउँपाखामा गरिब किसान मजदुरले तिरेको एक–एक रुपैयाँ करबाट हामी पालिएका छौँ भन्ने कुरा भुल्नु हुँदैन”, उहाँले भन्नुभयो, “जनताप्रति उत्तरदायी भएर काम गर्न सके जनताले सरकारको अनुभूति गर्न सक्छन्, कर्मचारीमाथि भरोसा बढ्दै जान्छ ।”

मुलुकमा विभिन्न व्यवस्था परिवर्तनको चरणमा जनप्रतिनिधिको अभावमा पनि कर्मचारीहरुले प्रशासनिक सेवा, पूर्वाधार विकासदेखि जनताको आधारभूत आवश्यकता पूरा गर्ने, सिफारिसका कामलगायत सम्हालेको बताउँदै अब कर्मचारीले दिने सेवामा परिस्कृत गर्दै आम जनताको विश्वास जित्नुपर्ने उहाँले बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्द निरौलाको सभाध्यक्षतामा भएको सो कार्यक्रममा निजामती सेवा दिवसका अवसरमा आयोजित विभिन्न मैत्रीपूर्ण खेलकुद प्रतियोगितामा विजयी हुने कर्मचारीलाई पुरस्कृतसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

  • नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

    नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

  • आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

  • बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनको मूल्यमा सामान्य वृद्धि

    सुनको मूल्यमा सामान्य वृद्धि

    नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

    नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    आन्तरिक लेखापरीक्षण प्रतिवेदन र सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण पेस

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    बेमौसमी वर्षाले धानबालीमा क्षति, चिन्तित किसान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution