Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २५, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

टानका कार्यसमितिले लिए सपथ

प्रत्यूष ३०० पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १७, शुक्रबार (३ साल अघि)
टानका कार्यसमितिले लिए सपथ

धादिङ,१७ भाद्र ।
पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का पदाधिकारीले शुक्रबार पद तथा गोपनियता शपथ लिएका छन्। गत श्रावण ३० गते सम्पन्न ४४ औ साधारणसभा तथा निर्वाचनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेका छन् ।

No description available.

टानको अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका थिए भने महासचिवमा धादिङका विनोद सापकोटा (बाबु) विजयी भएका थिए । नेपालको पर्यटकीय जिल्ला धादिङ निलकण्ठ नगरपालिका वडा नं.१२ साङ्कोष निवासी सापकोटा अहिले सम्मकै सबै भन्दा कान्छो महासचिव बन्न सफल भएका छन्।१७ बर्षको उमेर देखि सापकोटा पर्यटन पेशामा आबद्द हुदै आएका थिए ।

No description available.

पर्यटनमा भरियाबाट पर्यटन व्यवसाय क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका सापकोटाले गाईड हुदै बिगत १६ बर्ष देखि नेपाल ट्रेक एडभेन्चर एण्ड एक्सपिडसनका सञ्चालक बनेका छन्।सबै सङ्ग व्यवसायिक र सामाजिक क्षेत्रमा हातेमालो गर्दै अगाडि बढेका सापकोटा ठमेलमा सबैका प्रीय पात्र बनेका छन्। पदयात्रा व्यवसायका जुझारु युवा सापकोटाले स्नातकसम्मको अध्ययन पुरा गरेका छन्।

No description available.

उनि पर्यटन र समाजसेवासँगै कला क्षेत्रमा पनि सक्रिय रहेका छन् । उनि ‘लभ डायरिज’का निर्माताको रूपमा समेत परिचित छन् । विश्व फिल्मि क्षेत्रमा नेपाललाई सुटिङ स्पोट हब र फिल्मी टुरिजम मार्फत नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ र यसले नेपालमा विदेशी मुद्रा आर्नजनमा उल्येखनिय योगदान पुर्याउने कुरामा आंफु तल्लीन भएर लागी पर्ने कुरा प्रस्टयाउनु भएको छ।

No description available.

लायन्स क्लव अफ नेपाल एभरेस्टका चार्टर मेम्बर सापकोटा किवानीज क्लव अफ निलकण्ठ, धादिङका प्रेसिडेन्ट समेत हुन् । २०७२ सालको विनाशकारी भुकम्पले भत्किएका ग्रामीण क्षेत्रका विद्यालयहरुको पुननिर्माणमा विशेष योगदान पुर्याएका उनले नेपालको पर्यटनको प्रचारप्रसार गर्दै भारत, लिथुनिया, लाटभिया, इस्थेनिया, इटाली, नर्वे, पोल्यान्ड, टर्कीलगायत युरोपका अधिकाँश देशहरुको भ्रमण गरेका छन्।

No description available.

सापकोटाले सम्पूर्ण ट्रेकिङ पदयात्रा व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टानका) सदस्य कम्पनीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । आंफु र आफ्नो टीम सधै अग्रज व्यवसायीहरुको सल्लाह, सुझाव युवा पर्यटन ब्याबसायीहरुको हक हित र व्यवसाय प्रवद्र्धनमा विशेष सहयोग साथ संगै हातेमालो गर्दै अघी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

No description available.

पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टानं) को अध्यक्षमा अत्याधिक बहुमतका बास्तोला निर्वाचित भएका हुन्। आफना प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई भारी मतले हराउँदै बास्तोला विजयी भएका हुन्।

यस्तै टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदिप पण्डित, द्धितिय उपाध्यक्षमा धन बहादुर गुरुङ, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका छन्। यस्तै सदस्यहरुमा राम प्रसाद बन्जरा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, सुवास भण्डारी, लाक्पा दोर्जे सेर्पा, र कृष्ण बहादुर परियार निर्वाचित भएका थिए ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

  • सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

  • अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

  • त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २४ गते मंगलबार

    २०८२ भाद्र २४ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    धादिङमा कैदी भाग्न खोजेपछि प्रहरीले गोली चलायो : १ को मृत्यु २ को अवस्था गम्भीर

    सरसफाइमा ‘जेनजी’

    सरसफाइमा ‘जेनजी’

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    अस्पतालहरूमा भ्याइनभ्याइ उपचार, घाइते प्रदर्शनकारीलाई प्राथमिकता

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution