Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपालले जित्यो केन्याविरुद्धको टी-ट्वान्टी सिरिज

प्रत्यूष ८६० पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १४, मंगलबार (४ साल अघि)
नेपालले जित्यो केन्याविरुद्धको टी-ट्वान्टी सिरिज

नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३-२ ले जितेको हो ।

नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्रै बनाउन सक्यो ।

केन्याका लागि नेहेम्याह ओधियाम्बोले सर्वाधिक ३७ रन बनाए । इरफान करिमले २८ रन जोड्दा कोलिन्स ओबुयाले २३ रन बनाए । कप्तान शेम एन्गोचेले अविजित ३३ रन जोड्दा नेल्सन ओधियाम्बो १३ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछाने र वसिर अहमदले समान दुई-दुई विकेट लिए । करण केसी, आदील आलम र दीपेन्द्र सिंह ऐरीको नाममा समान एक-एक विकेट रह्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनाएको थियो ।

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकिय पारी खेले । उनले ४४ बलमा ५ चौका र २ छक्काको मद्धतमा ५९ रनको योगदान गरे । उनलाई ओपनिङमा अर्का ओपनर तथा विकेटकिपर अर्जुन साउदले राम्रो साथ दिए । साउदले ४ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे । मल्ल र साउदले ६५ रनको साझेदारी गरेका थिए ।

यस्तै रोहित पौडेलले विस्फोटक ब्याटिङ गरे । उनले २५ बलमा ७ चौकाको मद्धतमा ४७ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २२ रन बनाउँदा पवन सरार्फ भने १ रनमै आउट भए । आदिल अन्सारीले ४ र विवेक यादवले २ रन जोडे । करन केसी र सोमपाल कामी शून्य रनमै अविजित रहे ।

केन्याका लागि कप्तान शेम न्गोचे, व्राज पटेल र नेहेम्याह ओधियाम्बोले समान दुई-दुई विकेट लिए । लुकास ओलुओचको नाममा एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई

  • Post Thumbnail

    कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

  • Post Thumbnail

    पोखरा स्कुल बस दुर्घटनाः प्राविधिक खराबी र तीव्र गति

  • Post Thumbnail

    पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आठौँ पश्चिम म्याग्दी कपको उपाधि आयोजकलाई

    Post Thumbnail

    मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो

    Post Thumbnail

    कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

    Post Thumbnail

    पोखरा स्कुल बस दुर्घटनाः प्राविधिक खराबी र तीव्र गति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution