Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ १, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रत्यूष २४३ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र १२, आईतबार (२ साल अघि)
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं, बारा र नपलवरासीमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा.७६ प १३५ नम्बरको स्कुटर र बागमती प्रदेश ०२–०१९ प २४७६ नम्बरको मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटर चालक शंखरापुर नगरपालिका–५ पालुवारी घर भएका ३५ वर्षीया बालकुमार कटुवाल रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जना र मोटरसाइकल चालकको शिक्षण अस्पताल महाराजगंजमा र मोटरसाइकलमा सवार एक जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–३ बजनीमा बा.७१ प २९७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्सा वीरगन्ज महानगरपालिका–१० रानीघाट बस्ने ४५ वर्षीय शम्भु साह रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको अल्पाईन अस्पताल सिमरा हुँदै थप उपचारको लागि नारायणी अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ ।

बाराको कलैया उपमहानगरपालिका–४ अदालत टोलमा बा.प्र.०१–०२६ च ११२६ नम्बरको पिकअप अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटना मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन ।

यसैगरी बाराको निजगढ नगरपालिका–१० स्थित सडकमा हाल नम्बर नखुलेको अटो र बागमती प्रदेश ०३–०४ प ३९९७ नम्बरको स्कुटर ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

शनिबार भएको उक्त दुर्घटनामा स्कुटरमा सवार निजगढ नगरपालिका–७ माझी टोल बस्ने शेखर पुलामीको ६ वर्षीया छोरी सिअल पुलामीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको निजगढ नेशनल हस्पिटल हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। दुवै सवारी साधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१३ बडेरामा लु.६२ प १२९२ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका–१ बस्ने २९ वर्षीय बिनय रायमाझी रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

    प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

  • सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

    सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

  • सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

  • तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

    प्रधानमन्त्री रोजगार कार्यक्रमः बाँझो बारीमा आलुखेती

    सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

    सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप गरेको छैनः मन्त्री गुरुङ

    तोलामा दुई हजारले घट्यो सुन

    तोलामा दुई हजारले घट्यो सुन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution