Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थलको रनवे सुचारु, पुरानो रनवे टयाक्सी वे मा प्रयोग हुँदै

३३१ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ८, बिहिबार (३ साल अघि)
गौतमबुद्ध अन्तरार्ष्ट्रिय विमानस्थलको रनवे सुचारु, पुरानो रनवे टयाक्सी वे मा प्रयोग हुँदै

भैरहवा, ८ वैशाख
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे धावनमार्गमा आजबाट उडान र अवतरण सुरु भएको छ ।  रुपन्देहीको भैरहवामा निर्माण सम्पन्न भई उद्घाटनको तर्खरमा रहेको विमानस्थलमा बिहान ७ बजेर १५ मिनेटमा यती एयरले पहिलाे उडान भरेर र ७ बजेर ४५ मिनेटमा बुद्ध एयरले पहिलो अवतरण गरी रनवे प्रयोगमा ल्याइएकाे हाे ।

१५ सय मिटर लामो धावनमार्गबाट आन्तरिक उडान गर्दै आएको विमानस्थलले नवनिर्मित धावनमार्गबाट अबको आन्तरिक उडान गर्ने निश्चित भएको हो । सन् १९५८ जुलाई ८ तारिखबाट संचालनमा आएको गौतमबुद्ध विमानस्थलले ६४ वर्षको अन्तरालमा नयाँ धावनमार्गबाट उडान सुरु गरेको छ ।

एरोनटीकल इर्न्फमेसन रेगुलेसन एन्ड कन्ट्रोल (एयरर्‍याक) मा निर्माण सम्पन्न भएको विमानस्थलको ३ किलोमिटरको धावनमार्गसहित हवाइ रुट, नेभिगेसन  र एयरपोर्टको जानकारी र सुविधा पठाएर अद्यावधिक भएपछि ककपिटमा नयाँ रनवे देखिएको छ । अब सबै उडान र अवतरण पुरानो रनवमा नभएर नयाँ रनवेमा हुन्छ, पुरानो रनवेलाई टयाक्सी वे मा परिणत गरिएको  गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्द दहालले बताए ।

आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनी बुद्ध, यती, श्री, सौर्य, गुण लगायतले उडान-अवतरण नयाँ धावनमार्गबाट गर्ने भएका छन् । भैरहवा विमानस्थलमा दैनिक १५ देखि २८ वटा आन्तरिक उडान हुँदै आएको छ ।

नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थलरहेको गौतमबुद्ध विमानस्थल बुद्धजयन्तीकै अवसर पारेर अन्तर्राष्ट्रिय उडानको उद्‌घाटन जेठ २ गतेबाट हुँदैछ ।

विमानस्थल सञ्चालन नागरिक उड्डयन प्राधिकरणले, ग्राउन्ड ह्यान्डलिङ नेपाल वायुसेवा निगमले, फ्लाइट क्याटरिङको सेवा सोल्टी क्राउनले र  कार्गाे व्यवस्थापनको काम नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले गर्ने गरी तयारी रहेको महाप्रबन्धक दहालले बताए ।

अन्तर्राष्ट्रिय उडानको तयारीअनुसार विमानस्थल कार्यालयले भन्सार विभाग, अध्यागमन विभाग तथा सुरक्षा निकाय लगायतसँगको छलफलपछि जेठ २ गते अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीअनुसार १५ दिन पहिल्यै उडान सेवा दिन तयारी अवस्थामा रहन पत्र काटिसकिएको उनले बताए । विमानस्थलको ग्राउन्ड ह्यान्डलिङका लागि नेपाल एयरलाइन्सले जहाजबाट ओर्लन प्रयोग हुने भर्‍याङ, लगेज क्यारिअरजस्ता साधन विमानस्थल पुर्‍याइसकेको छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

  • कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  • निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की

    निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की

  • परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

    परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक २७ गते बिहिबार

    २०८२ कात्तिक २७ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीको मूल्य घट्यो

    सुनचाँदीको मूल्य घट्यो

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की

    निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की

    परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

    परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution