Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सरकारद्वारा उच्चस्तरीय तलब सुविधा आयोग गठन

प्रत्यूष २५२ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (२ साल अघि)
सरकारद्वारा उच्चस्तरीय तलब सुविधा आयोग गठन

काठमाडौँ,०७ भाद्र ।
सरकारले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकनका लागि उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को भदौ ६ गते बसेको बैठकले देशको आर्थिक अवस्था र खर्च बहन गर्नसक्ने क्षमता समेतका आधारमा कर्मचारी र श्रमिकको तलब, भत्ता, पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी सरकारलाई सिफारिस गर्न पूर्व मुख्यसचिव लीलामणि पौडयालको संयोजकत्वमा सो आयोग गठन गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उच्चस्तरीय पारिश्रमिक एवम सुविधा पुनरावलोकनका लागि तलव सुविधा आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले बालाजु–त्रिशूली सडक खण्डको ९मुड्खु–तिनपिप्ले० पाँच दशमलव पाँच किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरी खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

पाँच सय ८४ अधिकृतस्तरका दरबन्दी स्वीकृत

मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरी पाँच सय ८४ वटा अधिकृतस्तरका कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सहरी विकास मन्त्रालयमा तीन सय ८० र कृषि तथा पुशपन्छी विकास मन्त्रालयमा दुई सय चार गरी कुल पाँच सय ८४ अधिकृतस्तरका कर्मचारी अस्थायी दरबन्दी स्वीकृत गरेको सञ्चारमन्त्री कार्कीले बताउनुभयो । उहाँका अनुसार सहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने विकास आयोजना/कार्यक्रमहरु सञ्चालन गर्न आर्थिक वर्ष २०७९/८० का लागि राजपत्राङ्कित श्रेणीका कर्मचारीको दरबन्दी थप गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष ०७९/८० का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत राजपत्राङ्कित श्रेणीका कर्मचरीको दरबन्दी थप गर्ने निर्णय गरिएको मन्त्री कार्कीले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा ‘युनाइटेड नेसन्स मल्टीडाइमेनसनल इन्टीग्रेटेड स्टयाबीलाईजेसन मिसन इन माली’ मामा सशस्त्र प्रहरी बल, नेपालका एक सय ४० जना ‘फर्मड पुलिस युनिट’ परिचालन गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले विमानस्थलमा मात्र ट्रान्जिट हुनेबाहेक विदेशी नागरिकलाई नेपालबाट तेस्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने गरी मन्त्रिपरिषद्बाट २०७८ वैशाख १३ गते भएको निर्णय खारेज गरेको छ । आगामी भदौ २० देखि २३ गतेसम्म रस्सियामा हुने ‘सेकेण्ड इन्टरनेशनल टाईगर फोरम’ सम्बन्धी कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव र सचिव डा पेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले बेलायतमा भदौ २२ देखि २४ सम्म सरकारी निकाय० ले आयोजना गर्ने ‘दि एक्सपोजार प्रोग्राम एन्ड नलेज सेयरिङ रिलेटेड टू दी एरबोर्न लिडार प्रोजेक्ट’ सम्बन्धी भ्रमण कार्यक्रममा सहभागी हुन सचिव रामप्रसाद थपलियालाई स्वीकृति दिने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ । फौजदारी कसुर ९कैद कट्टा० ९दोस्रो संशोधन० नियमावली, २०७८ स्वीकृति गर्ने निर्णय गरेको छ । विद्युतीय सुशासन आयोग ९गठन तथा सञ्चालन० आदेश, २०७९ स्वीकृत गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले तत्काल समस्या समाधान निर्देशिका, २०७९ पनि स्वीकृत गरेको छ ।

विदेशस्थित नेपाली नियोगकको आर्थिक कार्यविधि, २०७९ स्वीकृत गरिएको छ । साथै बैठकले राष्ट्रिय चिकित्सा शिक्षा ९दोस्रो संशोधन० नियमावली, २०७९ स्वीकृत गरेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव नारायप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूरपश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय भएको सञ्चारमन्त्री कार्कीले सो अवसरमा जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution