Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

प्रत्यूष २८८ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)
चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने

काठमाडौँ,०७ भाद्र ।
नेपाली चलचित्र ‘प्रेम गीत ३’ भारतमा प्रदर्शन गरिने भएको छ । आशुसेन फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेम गीत ३’ले भारतमा प्रदर्शनका लागि तयारी थालेको हो ।

नेपाल चलचित्र निर्माता सङ्घका अनुसार नेपाली चलचित्र उद्योगको इतिहासमा नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको तथ्याङ्क छैन । विभिन्न देशमा नेपाली चलचित्रको च्यारिटी प्रदर्शन भने हुँदै आएको छ । चलचित्र “प्रेम गीत ३” भारतका विभिन्न ठाउँमा एकसाथ प्रदर्शन हुन लागेको आशुसेन फिल्म प्रोडक्सनका प्रमूख तथा निर्माता निर्देशक सन्तोष सेनले बताउनुभयो ।

“एकसाथ भारतका धेरै ठाउँमा नेपाली चलचित्र प्रदर्शन हुनु नेपाली चलचित्र उद्योगका लागि ठूलो अवसर हो”, उहाँले भन्नुभयो । यसले नेपाली चलचित्रको बजार फराकिलो बनाउने उहाँको विश्वास छ । यसबाट नेपाली कला, संस्कृति र मौलिकताको प्रवद्र्धन पनि हुनेछ ।

चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुने भएको छ । नेपाली र हिन्दी भाषामा निर्माण गरिएको सो चलचित्रलाई भारतमा हिन्दी भाषामा र नेपालमा नेपाली र हिन्दी दुवै भाषामा प्रदर्शन गर्न लागिएको हो । चलचित्रमा गीत पनि हिन्दी भाषामा निर्माण गरिएका छन् । नेपाली चलचित्र उद्योगका लागि “प्रेम गीत ३” विदेशी बजारमा कोसेढुङ्गा सावित हुने चलचित्रका अभिनेता प्रदीप खड्काले बताउनुभयो ।

चलचित्रमा खड्कासँगै क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, योगीशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ । साङ्गीतिक प्रेम कथामा निर्माण भएको “प्रेम गीत ३” “प्रेम गीत” चलचित्रको निरन्तर सिरिज हो । आगामी असोज ७ गतेदेखि चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन गरिने छ । सेनसँगै छेतेन गुरुङ पनि सो चलचित्रका निर्देशक हनुहुन्छु ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

  • लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

  • सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २६ गते बिहिबार

    २०८२ भाद्र २६ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    त्रिविको पठनपाठन छठपर्वपछि मात्रै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution