Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ८, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

काे हुन् ‘भाइरल’ भिडियोमा स्थानीयकाे कुटाई खाने युवक ?

प्रत्यूष २९७ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र ७, मंगलबार (३ साल अघि)
काे हुन् ‘भाइरल’ भिडियोमा स्थानीयकाे कुटाई खाने युवक ?

काठमाडौँ,०७ भाद्र ।

आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका पार्टीले नेपाल बन्दको आह्वान गरेपछि काठमाडौं उपत्यकासहित देशका ठुला शहरहरुमा सामान्य प्रभाव देखिएको छ । यसैबीच सडक बन्द गराउन हिँडेका एक जना विप्लव समूहका कार्यकर्तालाई स्थानीयले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

सो घटना काभ्रेको बनेपामा भएको हो । भिडियोमा देखिए अनुसार ती युवकलाई स्थानीय र प्रहरीले नीलडाम बस्नेगरी कुटेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीका अनुसार ती कुटाई खाने युवक विप्लव समूहका काभ्रेका जिल्ला सदस्य प्रमोद गिरी हुन् ।

घटना कसरी भयो ?
सोमबार बिहान नेपाल बन्दको आह्वानसँगै विप्लव समूहका कार्यकर्ता सडकमा कुचो लगाउन जाऔं भन्दै बनेपाका स्कुल, कलेजबाट विद्यार्थीलाई लिएर सडकतर्फ लैजाँदै थिए । विप्लव समूहका कार्यकर्ताले हुलदंगा मच्चाउने आशंकापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएपछि विद्यार्थीसहित कार्यकर्ताहरुको भागाभाग भएको थियो ।

भाग्ने क्रममा गिरीले सडकमा रोकिएको बसमा ढुंगा प्रहार गरेर सिसा फुटाईदिएपछि बसका चालक–सहचालकले उनलाई लखेटेर नियन्त्रणमा लिए । चालक–सहचालकले गिरीमाथि कुटपिट गर्न थालेपछि स्थानीयले पनि घेरा हालेर पिटेको प्रहरी प्रमुख जोशीले बताए ।

गिरीलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले पनि उनीमाथि कुटपिट गरेको थियो । गिरीसहित अन्य ८ जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट घर भएका १९ वर्षीय मनिष विक, कालिकोटको नरहरिनाथ गाउँपालिका घर भएका १९ वर्षीया वसन्ती बिक र कालिकोटको राजकोटा गापा–९ घर भएका २७ वर्षीय जयराज लोरलगायत छन् । उनीहरुमाथि मुद्दा चलाउने तयारी भइरहेको जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

  • तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

  • साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

  • कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ८ गते मंगलबार

    २०८२ पुस ८ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    तीन सय शैयासहित सेवा विस्तारमा नेपाल एपीएफ अस्पताल

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    साइकल चढनेहरू दिनप्रतिदिन घट्दै

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution