Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न समिति गठन गर्ने

प्रत्यूष १०१६ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २, बिहिबार (४ साल अघि)
एकीकृत समाजवादीले माओवादीसँग एकता गर्न समिति गठन गर्ने

काठमाडौँ,०२ भाद्र ।

एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने भएको छ । केन्द्रीय सचिवालय बैठकले यसका लागि क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटीले १५ भदौभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्नुपर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले १० भदौभित्र जिल्ला कमिटीमा सिफारिस गरिसक्ने, जिल्ला कमिटीले १२ भदौभित्र प्रदेश कमिटीमा सिफारिस गरिसक्ने र प्रदेश कमिटीले १५ भदौभित्र केन्द्रमा सिफारिस गरिसक्नुपर्ने महासचिव भुसालले जानकारी दिए ।

यसपछि २० भदौमा बस्ने केन्द्रीय कमिटीले प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवारको नाम टुंगो लगाउने उनले बताए । समानुपातिक र पहिलो हुने निर्वाचन हुने निर्वाचन प्रणालीका लागि उम्मेदवार नाम सिफारिस गर्दा अपनाइनुपर्ने मापदण्ड बैठकले बनाएको छ।

महासचिव भुसालका अनुसार पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको,  विद्रोहमा सक्रिय भूमिका खेलेका र पार्टी निर्माणमा योगदान गरेको,  पार्टी र क्रान्तिप्रतिको निष्टा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको,  जनतामा स्थापित एवं लोकप्रिय,  स्वच्छ छवि भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो भएको र सक्रिय  र  समावेशीताको सिद्धान्तविपरीत नहुने मापदण्ड उम्मेदवारको सिफारिसका लागि मापदण्ड बनाइएको छ ।

यसैबीच एकीकृत समाजवादीको सचिवालय बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्न ‘पार्टी एकता संयोजन समिति गठन गर्ने’ निर्णय गरेको महासचिव भुसालले जानकारी दिए ।

‘एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरु सम्मिलित एउटा पार्टी एकता संयोजन समिति गठन गर्ने, जसले दुई पार्टीबिचको एकता र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनको एकताका सम्बन्धमा छलफल, बहसलगायतका कायहरु गरी एकताको वातावरण निर्माण गर्नेछ,’ बैठकको निर्णयबारे जानकारी दिँदै भुसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

  • Post Thumbnail

    गौरमा स्थानीय अगुवालाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी प्रशिक्षण

  • Post Thumbnail

    भालुको पित्त र हात्तीको दाह्रासहित तीन पक्राउ

  • Post Thumbnail

    दसैँ, तिहार बिदामा घुम्न जाने हैन त हेटौँडा ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

    Post Thumbnail

    नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution