Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष १३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सन्दर्भ रशायनिक मल वितरणको(सम्पादकीय)

प्रत्यूष ४२४ पटक पढिएको प्रकाशित मिति: २०७९ भाद्र २, बिहिबार (३ साल अघि)
सन्दर्भ रशायनिक मल वितरणको(सम्पादकीय)

धादिङ,०२ भाद्र।
कृषि ज्ञान केन्द्र मार्फत धादिङका विभिन्न स्थानीय तहका लागि आवश्यक पर्ने रशायनिक मल उपलव्ध गराउन लागिएको विषय सामाजिक संजालमा आईरहेका छन् यदि कृषि ज्ञान केन्द्र मार्फत यस्ता किसिमका काम कारबाहीहरु सुरु हुन लागेको कुरा सत्य हो भने, यो प्रशंसनिय काम हो ।

सामाजिक संजालमा संप्रेसित सूचनाहरुलाई आधार मान्ने हो भने अहिले धादिङ जिल्लाको लागि ३६० मेट्रिक टन मल आईरहेको छ । समग्रमा भन्ने हो भने, सिंगो धादिङ जिल्लामा यति मल आउनुलाई उल्लेख्य रुपमा लिन सकिँदैन तर, यस अघिका समयसम्म कृषकहरुप्रति सरकारले उदासिनता देखाएको र कृषि पेशाप्रति चासो र चिन्ता नदेखाएको वा कृषिसंग सरोकार राख्ने कृषि ज्ञान केन्द्र, लगायतका सरोकारवालाहरु पनि उदासिन भएका जस्ता आरोपहरु लागेका थिए त्यो किसिमको कामले आगामी दिनमा समेत कृषकहरुका लागि केही न केही चासो राख्ने अवस्था सृजना हुनेमा आशावादी हुन सकिन्छ।

हुनतः कृषि पेशामा आवद्ध रहेका कृषकहरुले पहिलो सिजनमा एक प्रकारको हैरानि व्यहोरिसकेका छन् । कृषकका लागि सबैभन्दा महत्वपूर्ण खाद्धवालीको रुपमा मानिएको धानखेतीको सिजनमा अपेक्षा अनुसारको रशायनिक मल ल्याउन सकिएको छैन । कृषकले त्यसकारण पनि केही क्षति भने पक्कै व्यहोरिसकेका छन् तरपनि अहिले जुन प्रकारको कोसिस भैरहको छ यो निकै राम्रो र प्रसंसनिय काम छ ।

अहिले स्थानीय तह प्रदेश र केन्द्र तीनै तहका सरकारबाट मल भित्र्याउन काम भैरहको भए पनि गत वर्षदेखी नै एउटा किसिमको तयारी हुन नसक्दा त्यो हुन सकेन र अब हामीले जति मल भित्र्याउन सक्छौं त्यसको समान किसिमको वितरण वा उत्पादनको आधारमा वितरण गर्ने भन्ने विषयमा भने सोच्न जरुरी हुन्छ ।

जहाँ जहाँ उत्पादन धेरै हुन्छ त्यहाँ कम मल दिने र उत्पादन कम भएका ठाउँमा पनि समानुपातिक रुपमा वितरण गर्ने हो भने, त्यो किसिमको वितरण पनि बैज्ञानिक प्रकारको नहुने सक्छ । मल हाल्न पाउने कृषकको संख्यामात्रै धेरै देखाउने गरी वितरण गरियो भने त्यसमा पनि एक प्रकारको समस्या हुने भएका कारण जिल्लामा उत्पादन हुने कुल वस्तुहरुको तुलनामा कुन स्थानीय तहले कति उत्पादन गर्न सहयोग गर्छ ?

वा कुन पालिकाको योगदान कति रहने गरेको छ भन्ने विषयमा पनि मुल्याँकन गर्न जरुरी छ, जसका कारण आगामी चौमासिककै उत्पादनमा समेत यसले सकारात्मक परिणाम निकाल्नुपर्छ अन्यथा सरोकारवालाहरुले मल बाँढेको बाढ्यै गर्ने र कृषक स्तरमा पनि पछिल्लो समयलाई समेत पुग्ने गरि संचित गर्न थालिने अवस्था आयो भने त्यो पनि हाम्रा लागि विडम्बना नै हुन सक्छ यसर्थ उत्पादनका लागि तैयारी बालि बस्तुको लागि प्रयाप्त मात्रामा मल आउँछ भन्ने सन्देशका साथ वितरण कार्य चुस्त दुरुस्त र नियमित गर्न जरुरी छ । सरोकारवालाहरुको समयमै ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • ‘अण्डा’को लागत मूल्य बढ्यो

    ‘अण्डा’को लागत मूल्य बढ्यो

  • नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

    नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने

  • भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

    सहकारीका बचतकर्ताकाे पौने चार अर्ब फिर्ता

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस १३ गते आईतबार

    २०८२ पुस १३ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    ‘पात्रो प्रकाशन गर्ने निर्णय अन्तरराष्ट्रिय सम्मेलनमार्फत गरिनुपर्छ’

    रवि र बालेनबीच ७ बुँदे सहमती

    रवि र बालेनबीच ७ बुँदे सहमती

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution