Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ २, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

प्रत्यूष २८२ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ३१, मंगलबार (२ साल अघि)
चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

चितवन, ३१ साउन ।
वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन्। विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर इन्क्लोजर निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो ।

सोमबार तीन अर्नालाई बाघले खाएपछि निकुञ्ज अर्ना विहीन भएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । निकुञ्जले पानी छिर्ने ठाउँबाट बाघ पसेर ती अर्नालाई खाएको अनुमान गरेको छ । यसअघि पनि एउटा अर्नालाई बाघ पसेर खाएको थियो । तत्कालीन समयमा ल्याइएका १५ र यहाँ जन्मिएका सात गरी २२ अर्ना सबै मरेका हुन् । ती अर्ना मध्ये चारवटालाई बाघले खाएको हो भने बाँकी रोग र बाढीले बगाएको थियो ।

संरक्षण आचार्यले अर्ना संरक्षणका लागि प्रयास गरिएको भए पनि सफल हुन नसकेको बताउनुभयो । गत आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा १० अर्ना मरेका थिए । साउनदेखि मङ्सिर मसान्तसम्म ती अर्ना मरेका हुन् । छ भाले र चार पोथी अर्ना मरेका थिए । बाँकी रहेका तीन पोथी अर्ना अहिले मरेसँगै निकुञ्जमा अर्नाको सङ्ख्या शून्य भएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी सात बाह्रसिङ्गे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । तीमध्ये दुई पोथी ल्याउने वित्तिकै र अन्य चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको एक बाह्रसिङ्गे पनि लामो समयदेखि देखिन छाडेको हो । सो बाह्रसिङ्गे पनि मरेको अनुमान गरिएको छ ।

तत्कालीन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ पाँच भालेसहित २५ बाह्रसिङ्गे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिङ्गे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जभित्र पर्ने पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर क्षेत्रफलमा खुल्ला खोर ९इन्क्लोजर० निर्माण गरेर कोसी टप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना ललितपुरबाट अर्ना ल्याएर राखिएको थियो ।

चितवनबाट अर्ना लोप भएको झण्डै ५७ वर्षपछि विसं २०७३ माघमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट तीन गरी १५ अर्ना निकुञ्जमा ल्याइएका थिए । अर्ना ल्याएपछि नै जोगाउन सकस हुँदै आएको थियो । विसं २०७४ मा आएको बाढी र बाघको आक्रमण तथा प्राकृतिक कारणले अर्ना मरेका थिए ।

अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमीमा बस्न रुचाउँने प्रजाति भएको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । सन् १९६१ सम्म चितवनको घना जङ्गलमा अर्ना पाइन्थ्यो भन्ने भनाइ छ । त्यसपछि एकाएक अर्नाहरू यहाँबाट लोप भए । निकुञ्ज स्थापना हुनुभन्दा करिब ११ वर्षअघि नै अर्ना यहाँका जङ्गलबाट लोप भएको संरक्षणकर्मी बताउँछन् । निकुञ्जबाट अर्ना लोप हुनुको कारण वासस्थान विनाश हुनु, अर्नाको चोरी शिकारी हुनु र बाघको आक्रमणबाट जोगाउन नसक्नुलाई पनि संरक्षणविद्हरुले कारण मान्दै आएका छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षमा मात्रै पाइने अर्ना कुनै प्राकृतिक वा अन्य कारणले समाप्त हुने सक्ने भन्दै पहिलो पटक नेपालमा अर्नाको स्थानान्तरण गरी निकुञ्जमा ल्याइएको थियो । कोसी टप्पुको जस्तै हावापानी र आहार निकुञ्जमा मिल्ने र यहाँ पनि पहिला अर्ना रहेकाले संरक्षणको प्रयास गरिएको निकुञ्जका सूचना अधिकारी तिवारी बताउनुहुन्छ ।

विसं २०७१ मा नै सरकारले पाँच भालेसहित २० अर्ना निकुञ्जमा ल्याउने निर्णय गरेको थियो । यहाँ अर्ना मर्न थालेपछि थप अर्ना नल्याइएको हो । अर्नाको सरदर आयु २५ वर्ष हुन्छ । यिनीहरुले आफ्नो जीवनकालमा पाँच वटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना तीन/चार वर्षमा र पोथी अर्ना दुईदेखि तीन वर्षको उमेरमा प्रजननयोग्य हुन्छ । यसको गर्भधारण अवधि १० देखि ११ महिनाको हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

  • सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

  • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

  • ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

    ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा

    दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा

    सगरमाथा संवाद सुरु

    सगरमाथा संवाद सुरु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution