Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ जेष्ठ ३, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सरकारद्वारा मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान

प्रत्यूष २२० पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २८, शनिबार (२ साल अघि)
सरकारद्वारा मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ, २८ साउन
सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरुमा आह्वान गरेको छ। मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रबार मात्रै गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न गठित कार्यदलले आज एक सूचना जारी गरी आगामी भदौ ५ गते भित्रमा उजुरी दर्ता गर्न आग्रह गरेको हो ।

‘मुलुकभर नै मिटरब्याजीको जालो फैलिएको हुनसक्ने अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडितबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित प्रशासन कार्यालयमा आगामी भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य र प्रमाणसहित उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरिएको छ’, कार्यदलका संयोजक डा भीष्मकुमार भुसालद्वारा जारी सूचनामा भनिएको छ ।

मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिकरुपले अफ्ठेरो परिस्थितिमा रहेका व्यक्तिमाथि गरेको शोषणको शृङ्खलाले सयौँ परिवारको बिचल्ली भएको समाचारहरु सार्वजनिक भइरहेका छन् । त्यस्ता आर्थिक अपराधमा संलग्नलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया चलिरहेको गृहमन्त्रालयले जनाएको छ । अझै धेरै पीडितहरु आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसक्ने अबस्थामा रहेको मन्त्रालयको निष्कर्ष छ ।

मन्त्रालयले कार्यदल गठन भएको एक घण्टा भित्रैमा नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौँ माइतीघर मण्डलामा धर्ना दिँदै आएका मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदुर सङ्घर्ष समितिसँग काठमाडौँका प्रजिअ नेतृत्वको टोलीले वार्तासमेत गरिसकेको जनाएको छ । उक्त समस्या नवलपरासीमा मात्रै नभई अधिकांश जिल्लाहरुमा रहेको हुनसक्ने भएकाले स्थानीय प्रशासनमा उजुरी दर्ता गर्न आह्वान गरिएको हो ।

गृहमन्त्रालयले शुक्रबारमात्रै मन्त्रालयका सहसचिव डा भुसालको संयोजकत्वमा प्रहरीको केन्द्रीय अनसुन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा सदस्य रहेको कर्यादल गठन गरेको थियो ।

कार्यदलको सदस्यसचिवमा ब्यूरोका प्रहरी नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । कार्यदललाई मिटरब्याजी समस्या बढी भएका जिल्लामा स्थलगत भ्रमण गरी समस्याका कारण तथा समाधानका उपाय पहिचान गर्ने, मिटरब्याजीमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन अन्तर–निकाय समन्वय र सहकार्य गर्ने तथा आगामी दिनमा यस्तो अपराध न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा सिफारिससहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

  • अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

  • सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

  • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

    खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान

  • प्रत्यूष ई-पेपर थप

    २०८२ बैशाख २६ गते शुक्रबार

    २०८२ बैशाख २६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदमः स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    सगरमाथा संवादः उद्घाटन र खुला सत्र भव्य रूपमा सम्पन्न

    दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा

    दशरथचन्दका विद्यालयमा आयुर्वेद शिक्षा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution