Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ पौष ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विभिन्न जिल्लामा मल पठाउन थालियो

प्रत्यूष ३६० पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २६, बिहिबार (३ साल अघि)
विभिन्न जिल्लामा मल पठाउन थालियो

वीरगञ्ज,२६ साउन ।
कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्र मार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो ।

दुई चरणमा गरी वीरगञ्ज ल्याइएको कूल पाँच हजार मेट्रिक टन (एक लाख बोरा) रासायनिक मललाई आवश्यकता अनुसार विभिन्न जिल्ला पठाउन थालिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिनुभयो ।

“बाँकी रासायनिक मल भित्रिने क्रम जारी छ”,उहाँले भन्नुभयो । उक्त नाकाबाट १२ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयमा ल्याइँदै छ । कार्यालयले मधेस प्रदेशसहित काठमाडौं, काभ्रे, धादिङ, मकवानपुर, सिन्धुली, चितवन, तनहुँ, पर्वत, नुवाकोट, कास्की लगायत १६ जिल्लामा रासायनिक मलको आपूर्ति गर्दै आएको छ । विभिन्न जिल्लामा रहेको कृषि सामग्री कम्पनीको कार्यालयमार्फत किसानलाई मल विवरण गरिने छ ।

रासायनिक मल वीरगञ्ज स्थित सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) नाका हुँदै नेपाल ल्याइएको हो । सरकारले ग्लोबल बोलपत्र मार्फत ओमानबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिको जिम्मा स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज लिमिटेडले पाएको थियो। ओमानबाट नेपालका लागि आयात गरिएको मल पानी जहाजमा सामुद्रिक मार्ग हुँदै भारतको कोलकाता बन्दरगाह हुँदै त्यहाँबाट रेलमा वीरगञ्ज ढुवानी हुँदै आएको छ ।

सबै मल आएपछि मधेस प्रदेशका लागि ३२ दशमलव ०२ प्रतिशत अर्थात् ०६४५ दशमलव चार मेट्रिक टन प्राप्त गर्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्र चौलागाँइले जानकारी दिनुभयो । ओमानबाट अहिले खरिद गरी आयात भइरहेको ३० हजार मेट्रिक टन युरियामध्ये मधेस प्रदेशमा आठ हजार पाँच सय मेट्रिक टन वितरण गरिने छ । पर्साका लागि भने आठ सय ५० मेट्रिक टन (१७ हजार बोरा) र बाराका लागि एक हजार मेट्रिक टन (२० हजार बोरा) युरिया वितरण गरिने छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

  • पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

  • बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

  • पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

  • प्रत्यूष ई-पेपर थप

    २०८२ पुस ६ गते आईतबार

    २०८२ पुस ६ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    वाग्मतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    पर्यटन प्रवर्द्धनमा गोरखा र लमजुङका पालिकाको पहल

    बागलुङका किसानका व्यथा :  सुन्तला सस्तोमा बेच्न बाध्य

    बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution