Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थाहा पाउनुहोस्,तपाईको आजको राशिफल

प्रत्यूष ११२६ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २३, सोमबार (४ साल अघि)
थाहा पाउनुहोस्,तपाईको आजको राशिफल

आजको पात्रो: आज २३ साउन २०७९, सोमबार । अगष्ट महिनाको ८ तारिक २०२२ । श्रावणशुक्लपक्ष एकादशी आजको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । सोमबार र एकादशी दुवै एकैदिन परेकाले आजको दिन विशेष हो । वणिज करण, ज्येष्ठा नक्षत्र, इन्द्र योग, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः३० मा हुनेछ भने सूर्यास्त ६ः४८ मा हुनेछ । विहान ७ः११ देखि ८ः५१ सम्मको समय राहुकाल रहेको छ भने बाँकी आजको दिन विशेष दिन हो ।

एकादशी र सोमबार रहेकोले आजको दिन व्रत बस्नेले दुवै व्रतको फल प्राप्त गर्न सक्दछन् । एकादशीको दिन अन्न ग्रहण गरिदैन । सन्ताको श्रीबृद्धिको लागि पुत्रदा एकादशीको व्रत बस्ने परम्परा रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशिको जातकको लागि आजको दिन धनलाभ हुनसक्नेछ । परिवार र दाम्पत्यजीवनमा साथ सहयोग र यात्रा गर्दा मात्र कष्ट हुनेछ । सकारात्मक सोच राखेर मात्र काम गर्नुपर्ने छ । आजको दिन शिवालय यात्रा गर्दा मनोबाच्चित इच्छा पूरा हुँदै जानेछ । आज मौन रहनु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । मनमा निराशा  छाउनेछ ।  पारिवारिक सन्तोष, आम्दानी र नयाँ सोच आउने छ । चन्द्रमाको साथ रहेको छ । विहान उठेर सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काम गर्दा मनमा खुसियाली छाउने छ । आज शुरु गरेको नयाँ कामले सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

तपाईको आजको समय र दिन अनुकुल रहेको छ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ । सकारात्मक सोच राखेर कुनै पनि काम गर्दा सफल हुनसक्नुहुनेछ । कसैप्रति भैरभाव राखेर काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

तपाईलाई आजको दिन मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन विहान शिवालय र नवग्रह दर्शन गर्दा तपाईका संकट समस्या समाधान हुनसक्छ । आत्मबल बलियो बनाएर काम गर्दै जानुभयो भने सफलता प्राप्त हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा तपाईलाई फाइदा हुनेछ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । विवाद हुँदा तपाईमाथि नैं आरोप लाग्न सक्छ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ ।  तपाईले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा सफल हुनुहुनेछ ।  शिवालयको यात्रा गरेर  केही खानेकुरा वितरण गर्नु भयो भने उत्तम हुनेछ । आजको दिन व्रत बस्नु उत्तम मानिन्छ । बालक, बालिकालाई भोजन गराउनुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईले आजको दिन शुरु गरेको कामले सफलता प्राप्त गर्नेछ । ब्यापार ब्यबसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन यात्रा अवरोध आउनसक्छ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईले गरेको कामको प्रसंसा हुनेछ । मानसम्मान मिल्नसक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुनसक्छ। चन्द्रमाको साथ रहेको छ । विहान सूयोदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

तपाईले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ। देवालय र शिवालयको यात्रा तपाईको लागि आज फलदायी हुनेछ । कुमारी कन्या र बृद्ध मानिसलाई खानेकुरा वस्त्र उपहार दिनुभयो भने मनमा सन्तोष छाउने छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईको लागि आज अर्थलाभ हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको  छ भने आजको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद समाधान हुनेछ । आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन तपाईले गर्ने यात्राले मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्चनु भएको छ भने सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ । त्यसैले आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातकले सोमबार शुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । मीन राशिका जातकले आजको दिन मौन रहनु वेश हुनेछ । कसैप्रति बैरभाव नराखी अध्ययन र आफ्नो नियमित काम गर्नुहोला  शिवालय यात्राले तपाईमा आत्मबल बृद्धि हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • Post Thumbnail

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

  • Post Thumbnail

    महालक्ष्मीको १६ दिने व्रत समापन

  • आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

    आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

    लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २० गते मंगलबार

    २०८३ असोज २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    हुम्लामा हिमपातले जनजीवन प्रभावित

    Post Thumbnail

    कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

    Post Thumbnail

    मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतक परिवारलाई एक लाख नगद सहयोग गर्ने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution