Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ

प्रत्यूष ३३७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २०, शुक्रबार (३ साल अघि)
बागमती प्रदेशमा ८८ प्रतिशत धान रोपाइँ

धादिङ,२० साउन ।
केही दिनदेखि परेको लगातार वर्षाका कारणले बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत धान रोपाइँ कार्य सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटाँैडाले जनाएको छ ।

भौगौलिक विकटता र सिँचाइको अभाव रहेको बागमती प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भरमा खेती गर्नु परेकाले धान खेतीमा समस्या रहेको बताइएको छ । साथै किसानलाई मलको पनि समस्या रहेको गुनासो पाइएको छ ।

बागमती प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय ६९ हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । तर अहिलेसम्म बागमती प्रदेशमा करिब एक लाख छ हजार हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार मकवानपुर जिल्लामा ११ हजार हेक्टर जमिनमध्ये आठ हजार ९०० हेक्टर जमिनमा, चितवन जिल्लामा धानखेती हुने २२ हजार नौ सय ७७ हेक्टर जमिनमध्ये २० हजार ७०० हेक्टर जमिनमा धानखेती, नुवाकोटमा १४ हजार दुई सय ८३ हेक्टर जमिनमध्ये १२ हजार २०० हेक्टर जमिनमा धान रोपाइँ कार्य सकिएको बताइएको छ ।

त्यस्तै काभे्रपलाञ्चोकमा नौ हजार हेक्टर जमिनमध्ये आठ हजार तीन सय हेक्टरमा, सिन्धुपाल्चोकमा आठ हजार ५०० खेती जमिनमध्ये आठ हजार २०० हेक्टरमा, रामेछापमा आठ हजार आठ सय ९३ हेक्टर जमिनमध्ये पाँच हजार तीन सय हेक्टर जमिनमा, दोलखामा दुई हजार नौ सय २८ हेक्टर जमिनमध्ये दुई हजार चार सय ५० हेक्टर जमिनमा, सिन्धुलीमा १५ हजार चार सय २३ हेक्टर जमिनमध्ये १३ हजार चार सय १८ हेक्टर जमिनमा तथा धादिङमा ११ हजार एक सय ५९ हेक्टर जमिनमध्ये नौ हजार पाँच सय हेक्टर जमिनमा धान रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ ।

ललितपुरको चार हजार एक सय ७५ हेक्टर, भक्तपुरको तीन हजार नौ सय २५ हेक्टर तथा काठमाडौँको पाँच हजार नौ सय २५ हेक्टर जमिनमा धानखेतीका लागि रोपाइँ सकिएको कार्यालयकाबाट जानकारी दिइएको छ । उक्त तीन जिल्लामा शतप्रतिशत रोपाइँ भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

  • ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

  • राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

  • वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution