Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ कार्तिक १७, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

पैँतीस दिनभित्र जन्मदर्ता हुने बालबालिका छ प्रतिशतमात्र

प्रत्यूष २६७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण २०, शुक्रबार (३ साल अघि)
पैँतीस दिनभित्र जन्मदर्ता हुने बालबालिका छ प्रतिशतमात्र

काठमाडौँ, २० साउन।

जन्मेको ३५ दिनभित्र छ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा आज भएको छलफल कार्यक्रममा गृह मन्त्रालयका उपसचिव विनिता भट्टराईले ३५ दिनदेखि पाँच वर्षमुनिका बालबालिकाको जन्मदर्ता भने ७७ प्रतिशत हुने गरेको जानकारी दिनुभयो ।

व्यक्तिगत पहिचानका प्रमाणपत्र बनाउन जन्मदर्ता अनिवार्य गरिएको जानकारी पनि उहाँले कार्यक्रममा गराउनुभयो । संविधानको धारा ३९ मा बालबालिका जन्मेको ३५ दिनभित्र निःशुल्क जन्मदर्ता हुने व्यवस्था छ । ३५ दिनपछि भने जन्मदर्ताका लागि शुल्क लाग्छ । व्यक्ति पहिचानका लागि अहिले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रको व्यवस्था छ । राष्ट्रिय परिचयपत्र पूर्णरुपमा कार्यान्वयनमा आएपछि भने अन्य पहिचानका प्रमाणपत्र आवश्यक नपर्ने उपसचिव भट्टराईको भनाइ छ ।

बाराका रुपनारायण यादवले जन्मदर्ताका लागि जिल्लाका स्थानीय तहले रु ७०० भन्दा शुल्क लिने गरेको गुनासो गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले डिजिटल प्रविधिबाट राष्ट्रिय परिचयपत्र माग गरेको तीन महिना पूरा हुँदा आफैँले पाउन नसकेको बताउनुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक महासङ्घका उपाध्यक्ष भूमिका श्रेष्ठले लिङ्गको पहिचानका आधारमा नागरिकता पाउने अधिकार संविधानको धारा १२ मा उल्लेख गरिए पनि व्यवहारमा कार्यान्वयन नभएको गुनासो गर्नुभयो । कानून व्यवसायी रामप्रसाद गौतमले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म सबै नागरिकको पहिचान स्थापित गर्ने कागजातका लागि सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो ।

धनुषाका नागरिकता पीडित इन्द्रजीत सादीले नागरिकता विधेयक दुवै सदनबाट पारित भएको लामो समयसम्म पनि प्रमाणीकरण हुन नसक्दा नागरिकता पीडित अझै समस्या परेको बताउनुभयो ।

महिला, कानून र विकास मञ्च, फ्रिडम फोरम, सामुदायिक सारथीलगायत नागरिक अधिकारका लागि काम गर्ने करिब तीन दर्जन सामुदायिक संस्थाको आयोजनामा नेपाल पिपल्स फोरम बिहीबारदेखि राजधानी सुरु भएको हो । फोरममा देशको विभिन्न भागबाट आएका नागरिक अधिकारकर्मीले सेवाग्राहीलाई परेका कठिनाइका बारेमा आवाज बुलन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

  • ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

  • राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

  • वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

  • प्रत्यूष ई-पेपर थप

    २०८२ कात्तिक १ गते शनिबार

    २०८२ कात्तिक १ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    ऐतिहासिक ब्रह्मा मन्दिरमा मूर्ति पुनःस्थापना

    राष्ट्रपति  कतारतर्फ  प्रस्थान

    राष्ट्रपति कतारतर्फ प्रस्थान

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    वायुसेवा निगमका बेथिति अन्त्यका लागि प्रधानमन्त्री कार्कीको निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution