Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

प्रत्यूष ३७८ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १८, बुधबार (३ साल अघि)
एक वर्षमा एक खर्ब ७७ अर्बको इन्धन आयात

पर्सा, १८ साउन ।
वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७७÷७८को तुलनामा गत आवमा सो नाकाबाट एक सय ७ प्रतिशत बढी डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र १० प्रतिशत बढी खाना पकाउने एलपी ग्यास आयात भएको हो ।

आव २०७७/७८ मा सो नाका प्रयोग गरी नेपालका लागि रु ८६ अर्ब तीन करोड ३६ लाख मूल्यको १५ लाख ९१ हजार १३३ किलोलिटर डिजल पेट्रोल, मट्टितेल र हवाई इन्धन आयात भएको थियो । गत आवमा रु एक खर्ब ७७ अर्ब ८८ करोड ७७ लाख मूल्यको ३२ लाख ९३ हजार ५३८ किलोलिटर इन्धन आयात भएकोे छ ।

सो समीक्षा अवधिको तुलनामा रु ९१ अर्ब ८५ करोड ४१ लाख बढी मूल्याको १७ लाख दुई हजार ४०५ किलो बढी इन्धन आयात भएको हो । गत आवमा डिजलको आयात ११ प्रतिशत, पेट्रोलको आयात २५ प्रतिशत, हवाई इन्धनको आयात दुई हजार ४८० प्रतिशतले बढेको छ, भने मट्टितेलको आयात ३६ प्रतिशतले कम भएको छ । इन्धनसँगै वीरगञ्जबाट खाना पकाउने ग्यासको आयातसमेत बढेको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्ष २०७७/७८मा वीरगञ्ज नाकाबाट १९ अर्ब ८१ करोड २८ लाख मूल्यको दुई लाख २९ हजार २१६ मेट्रिक टन ग्यास आयात भएको र गत आवमा रु १५ अर्ब ३८ करोड ४६ लाख बढी अर्थात ३५ अर्ब १९ करोड ७४ लाख मूल्यको दुई लाख ८४ हजार ८२४ मेट्रिक टन ग्यास आयात भएको बताउनुभयो । सो अवधिको तुलनामा ७८ प्रतिशत बढी मूल्यको १० प्रतिशत बढी ग्यास आयात भएको हो । इन्धन तथा खाना पकाउने ग्यासको आयातसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ ।

वीरगन्ज नाकाबाट आयात हुने इन्धनबाट समीक्षा अवधिमा रु ४६ अर्ब १४ करोड ४० लाख राजस्व सङ्कलन गरेको तुलनामा गत आवमा ४४ अर्ब दुई करोड २८ लाख बढी अर्थात ९० अर्ब १६ करोड ६९ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । उहाँले गत आवमा इन्धन आयातबाट सङ्कलित राजस्वमा ९५.४० प्रतिशतले वृिद्ध भएको बताउनुभयो ।

वीरगञ्ज नाकाबाट ७० प्रतिशत भन्दा बढी इन्धन र ८५ प्रतिशत भन्दा बढी खाना पकाउने एलपी ग्यास आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

  • सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

  • दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

  • धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

    धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २९ गते सोमबार

    २०८२ मंसिर २९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    ‘अन्तर–जिल्ला मतदानका लागि पहल होस्’

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

    धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution