Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अर्थमन्त्रीको आह्वान : युवालार्ई कषि क्षेत्रको उत्पादनमुखी काममा लगाउँ

प्रत्यूष २७१ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १७, मंगलबार (३ साल अघि)
अर्थमन्त्रीको आह्वान : युवालार्ई कषि क्षेत्रको उत्पादनमुखी काममा लगाउँ

काठमाडौँ, १७ साउन 

अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा बदल्ने लक्ष्य बोकेर बजेट ल्याइएको र त्यसले किसानको भूमिकालाई माथि उठाउने बताउनुभएको छ ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)द्वारा आज राजधानीमा आयोजित ३०औँ किसान शहीद दिवस तथा ६९औँ भीमदत्त पन्त स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषिमा आधारित उद्योगमार्फत देशमा कृषि उत्पादनमा आत्मनिर्भरता बढाउने र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने नीति सरकारको रहेको जानकारी दिनुभयो ।

त्यसका लागि किसानको भूमिका ठूलो हुने उहाँको भनाइ छ । “म किसान नेतालाई आह्वान गर्न चाहन्छु, तपाइँहरुको अगुवाइमा अबको उत्पादन अभियान अघि बढोस्, काठमाडौँमा आयात हुने तरकारी वरिपरिका जिल्लाले पूर्ति गर्ने गरी अभियान चलाउनुहोस्”, अर्थमन्त्री शर्माले भन्नुभयो, “बुढा किसान खेतबारीको डिलमा उभिनुहोस्, युवा किसानलाई उत्पादनमुखी काममा लगाउनुहोस् ।”

उहाँले श्रम, स्रोत र प्रविधिको परिचालनबाट मात्रै मुलुकलाई समृद्धि पार्न सकिने बताउनुभयो । लघुवित्तले अब सहुलियतपूर्ण ऋण दिने कुरा संसद्ले पारित गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले किसानको घर–खेतमा गएर सहुलियत ऋण लगानी गर्ने कुरा पनि अघि बढाइएको र किसान पेन्सनको कुरा अघि बढाइएको सुनाउनुभयो । उहाँले आजको राष्ट्रियता भनेको सबल अर्थतन्त्र हो भन्नुभयो ।

अर्थमन्त्री शर्माले उत्पादन वृद्धिमा लाग्न आह्वान गर्र्दै आत्मनिर्भर अर्थतन्त्रमा लाग्यो भने मात्रै भीमदत्त पन्तको सपना पूरा हुने बताउनुभयो । तर आयात गरेर खाइरहनुपर्ने विडम्बनापूर्ण अवस्था रहेको उहाँले बताउनुभयो । “हामी अहिले पनि तरकारी आयात गरेर खाइरहेका छौँ, जबकि यतिबेला मुलुकले निर्यात गर्नुपर्ने थियो”, अर्थमन्त्री शर्माले थप्नुभयो ।

उहाँले आत्मनिर्भर र उत्पादन वृद्धिका लागि भूमिहीनलाई जमिन उपलब्ध गराई उत्पादनमा जोड्नुपर्ने, पूँजी नहुनेलाई पूँजी दिएर उत्पादनमा लगाउनुपर्ने, औजार नभएकालाई औजार दिएर र श्रमिकलाई तामिल दिई श्रममा जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो । यसका लागि नेपालमा सबै उपलब्धता रहेको र त्यसलाई सही व्यवस्थापन र प्रयोगमा उहाँको जोड थियो ।

उहाँले भीमदत्तले सुरु गरेको भूमिसुधारको अवधारणा अझै पूरा नभएकाले सबै मिलेर पूरा गर्नुपर्ने बताउनुभयो । परिवर्तनशीललाई पश्चगामी तत्वले रोक्न सक्नेतर्फ सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

  • भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

    भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

  • विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

  • लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २६ गते बिहिबार

    २०८२ भाद्र २६ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

    भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution