Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र ६, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

महिला साफ जित्ने आधारः खेलाडीको इख र घरेलु मैदान

प्रत्यूष ३६९ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १६, सोमबार (३ साल अघि)
महिला साफ जित्ने आधारः खेलाडीको इख र घरेलु मैदान

काठमाडौँ,१६ साउन ।

लगातार दोस्रो पटक घरेलु मैदानमा आयोजना हुन लागेकाे महिला साफ च्याम्पियनसिप–२०२२ को लागि यतिबेला नेपाली टिम प्रशिक्षणमा व्यस्त छ । उपाधि जित्ने जिम्मेवारीसहित मुख्य प्रशिक्षकमा कुमार थापालाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले नियुक्त गरेकाे छ । उनै थापा अहिले ५८ महिला खेलाडीलाई प्रारम्भिक चरणको प्रशिक्षण गराइरहेका छन् ।

प्रशिक्षणमा सहभागी ५८ खेलाडीलाई थापाले अन्तिम २३ मा झार्ने छन् । जुन खेलाडीले १३ देखि २५ भदौसम्म दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिपमा नेपाललाई उपाधि जिताउन हरस्भव प्रयास गर्नेछन् ।

‘एन्फाले मलाई दोस्रो पटक मौका दिएको छ । कसरी सफलता दिलाउने त्यो चुनौती छ । हामीसँग जे छ, त्यसमा सतप्रतिशत दिएर सफलता प्राप्त गर्छाैं भन्ने लागेको छ । टिममा लिग खेलेका, एसियन गेम प्रशिक्षण गरिसकेका खेलाडी छन् । हामी घरमै उपाधि राख्ने प्रयास गर्नेछौं,’ जनतापाटीसँग थापाले भने ।

हुन त थापाले पहिलो पटक महिला टिम हेरेका हैनन् । उनकै प्रशिक्षणमा नेपाल भारतमा आयोजना भएको चौथो संस्करणमा सहभागी भएको थियो । तर, टोली सेमिफाइनबाट अगाडि बढ्न सकेन ।

हालसम्म भएका पाँच प्रतियोगितामध्ये नेपाल चार पटक फाइनलमा पुगेको छ । सन् २०१६ मा थापानै प्रशिक्षक रहेकाे बेला टिम सेमिफाइनलबाट बाहिरिएकाे थियो । त्यो पनि सदावहार प्रतिद्वन्दी भारतसँग ।

थापा आफै महिला टिममा पुनर्जन्म पाएको र यो नै प्रमाणित गर्ने समय रहेको बताउँछन् । ‘अघिल्लो पटक म असफल रहे । मैले पुनर्जन्म पाएको छु । यो भनेको मेरो लागि प्रमाणित गर्ने अवसर हो,’ विभागीय टोली एपिएफ फुटबल क्लबका पूर्वखेलाडी र जागिरे दुबै रहेका थापा भन्छन् ।

थापासँग यसपटक कप्तान रेणुका नगरकोटे रहने छैनन् । यता, रिकवरी हुँदै  गरेकी ‘गोल मेसिन’ सावित्रा भण्डारी (साम्बा) हुनु सुखद् पक्ष हो । यस्तै, युवा खेलाडी सरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सविता रानामगर, दीपा राई, गीता राना, एन्जिला तुम्बाप्पो सुब्बा, पुनम जर्घामगर, हिराकुमारी भुजेललगायत खेलाडीले लिगमा उत्कृष्ट प्रदर्शन गर्नु र प्रशिक्षणमा समेत राम्रो प्रदर्शन दिनु सकारात्मक देखिएको छ ।

थापा यस पटक समेत सधैँ झै भारत नै नेपालको तगारो बन्ने र भारतलाई पराजित गर्न घरेलु दर्शक र खेलाडीको ‘इख’ नै ‘ब्रम्हास्त्र’ भएको बताउँछन् ।

‘खेलाडीमा पनि १३औं साग र साफ च्याम्पियनसिप (विराटनगरमा भएको)दुई पटक हारेको पीडा छ । मसँग उपाधि नै जित्न भनेर हान्ने त्यस्तो ब्रम्हास्त्र नै छैन । खेलाडी सधैँ खेल्ने यिनै हुन् । यस पटक घरेलु दर्शक र खेलाडीमा भारतलाई हराउने इख छ । हामी आत्माविश्वासी छौं’, थापाको विश्वास छ ।

दोस्रो पटक नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले साझ ५ बजे भुटानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, दोस्रो खेल १९ भदौमा श्रीलंकासँग रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम समय पाकिस्तानले सहभागी जनाउने भएसँगै प्रतियोगितामा सात टिम रहनेछन् ।

यस पटक महिला टिमको लागि मैत्रीपूर्ण खेल नहुनु दु:खद् पक्ष भएको थापा मान्छन् । ‘पक्कै पनि ठूलो प्रतियोगिताअघि मैत्रीपूर्ण खेल महत्वपूर्ण हुन्छ । तर, हामीसँग यो नै छैन । केही प्रयास भएका पनि थिए, तर सम्भव भएनन्,’ थापाले भने ।

यसअघि सन् २०१० मा बंगलादेशमा आयोजना भएको प्रतियोगितामा नेपाल भारतसँग १–० अन्तरले फाइनलमा पराजित भएको थियो । दुई वर्षपछि सन् २०१२ मा श्रीलंकामा भएको फाइनल खेलमा नेपाल भारतसँग नै फेरि ३–१ अन्तरले हार्याे ।

यता, सन् २०१४ मा पाकिस्तानमा भएको फाइनलमा पुनः ६–० को हार बहोर्याे ।  सन् २०१६ मा भारतमा भएको प्रतियोगितामा नेपाल भारतसँग सेमिफाइनलमा ३–१ अन्तरले पराजित हुँदै पहिलो पटक फाइनल पुग्नबाट बञ्चित भयो । सन् २०१९ मा विराटनगरमा आयोजना भएको प्रतियोगितामा भने नेपाल भारतसँग पुनः ३–१ अन्तरले पराजित हुँदै घरेलु मैदान उपाधि जित्ने योजना सफल बनाउन सकेन ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

  • सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

  • सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

  • ‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

    ‘पचास वर्षपछि जग्गाधनी प्रमाण पुर्जा’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र ६ गते शुक्रबार

    २०८२ भाद्र ६ गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution