Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

नेपाल फाइनलमा नपुगे पद छोड्छु – प्रशिक्षक केसी

प्रत्यूष ३५७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १६, सोमबार (३ साल अघि)
नेपाल फाइनलमा नपुगे पद छोड्छु – प्रशिक्षक केसी

काठमाडौ,१६ साउन।

नेपाल यु-२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भारतसँगको लज्जास्पद हारसँगै साफ च्याम्पियनसिप फुटबलको फाइनल स्थान बनाउन असफल भए पदबाट राजीनामा दिने संकेत गरेका छन् ।

आइतबार राति भारतसँग ८–० अन्तरको हारसँगै नेपालको फाइनल पुग्ने सम्भावना कम बनेको छ । यसअघि सुरुवाती दुई खेलमा सतप्रतिशत जितसहित फाइनल सम्भावना उच्च बनाएको नेपाल भारतसँग पराजित हुँदा भने फाइनलमा स्थान बनाउन कठिन अवस्थामा पुगेको छ ।

अब, नेपालले फाइनलमा स्थान बनाउन अन्तिम खेलमा बंगलादेशलाई हराउनु पर्नेछ । यदि मात्रै हैन कम्तीमा ५-० को जित निकाल्नुपर्नेछ । खेल भोलि (मंगलबार) हुनेछ । आइतबार भने नेपाल पहिलो हाफमा एक गोल बेहोर्दा दोस्रो हाफमा सात गोल बेहोर्न बाध्य भयो ।

‘सबैजनालाई धन्यवाद, टोलीलाई सपोर्ट गर्नु भएकोमा  । खेलाडीहरूमा अनुभवको कमी छ तर क्षमता पनि त्यत्तिकै छ । आज सबै हजुरहरूलाई खुसी दिन नसकेकोमा धेरै दुःखी छौ । खेलाडी र एन्फालाई दोष नदिउँ । यो मेरो गल्ती हो’, केसीले भनेका छन् ।

यस्तै, केसीले टोलीलाई लयमा फर्काउन दुई दिनको समय रहेको र यदि फाइनल नपुगेका आफ्नो स्वार्थका लागि फुटबल डुबाएर पदमा नबस्ने घोषणा गरेका छन् । ‘मसँग टोलीलाई हारबाट माथि उठाउन दुई दिनको समय छ । अन्यथा म पद छोड्ने छु । म फुटबल जीवनबाट अलग हुनेछु । म मेरो फाइदाका लागि फुटबल डुबाउन सक्दिन । धन्यवाद,’ केसी भन्छन् ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गरेको थियो ।

पहिलोपटक यु-२० पद्धतिमा आयोजना भएको साफको तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पाँच टोली सहभागी प्रतियोगितामा लगातार हारसँगै श्रीलंका र माल्दिभ्स बाहिरिसकेका छन् । यता, बंगलादेशको तीन खेलबाट ९ नाैअंक रहँदा नेपाल र भारतको समान ६ अंक छ । हेड टु हेडमा भारत बलियो छ र दोस्रो स्थानमा छ ।

अब, अन्तिम दिन नेपालले बंगलादेशलाई कम्तीमा ५-० को जित निकाल्नुपर्नेछ । त्यो भन्दा सानो अन्तरको जितले समेत नेपाल फाइनल पुग्नबाट गोल अन्तरको आधारमा बञ्चित हुनेछ । सोही दिनको दोस्रो खेलमा भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि यही प्रतियोगिता यु-१९ र यु-१८ को रूपमा आयोजना हुँदा नेपाल अघिल्ला दुवै संस्करणको विजेता हो । अन्तिम संस्करण भने नेपाल समूह चरणबाट माथि उढ्न सकेन ।

यता, अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने केसीलाई साफसँगै एएफसी यु-२० पुरुष एसियन कप छनोटका लागि प्रशिक्षकमा नियुक्त गरेको हो । करिब सात सय खेलाडीको खुल्ला छनोटबाट अन्तिम २३ खेलाडी छनोट गरेका केसीले बहराइनमा हुने छनोट खेलका लागि समेत नियुक्ति पाएका छन् । समूह बी मा रहेको नेपालले छनोटमा कतार, भुटान, आयोजक बहराइन र बंगलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

  • पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

  • सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

  • मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    हुलाकको सार्थकता घटेको छैन : सञ्चारमन्त्री खरेल

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    पुख्र्यौली सीपको सदुपयोग गर्न घरमै उद्योग स्थापना

    सुनको मूल्य निरन्तर अकासिँदो

    सुनको मूल्य निरन्तर अकासिँदो

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution