काठमाडौंबाट सुर्खेततर्फ आउँदै गरेको बसमा ढुङ्गा खस्दा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा दैलेखको भगवतीमाई गाउँपालिका–१ की १७ वर्षीया पार्वती शाही रहेकी छन् । उनको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिकाको पैँसट्ठी भन्ने स्थानमा सडकमाथिबाट ना७ख ५८११ नम्बरको रात्रिकालीन बसमा ढुङ्गा खसेको थियो । ढुङ्गा लागेर सवारी चालक पछाडिको सिटमा बसेका दुई जना घाइते भएका थिए ।
मृतक शाहीसँगै घाइते भएकी वीरेन्द्रनगर–६ की ४५ वर्षीया राजकुमारी सुनारको भने उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: .....
प्रधानसम्पादक : | बद्रि अधिकारी |
कार्यक्रारी सम्पादक : | |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |