Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

साफ यु-२० च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकाविरुद्ध खेल्दै नेपाल

प्रत्यूष १२२० पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ११, बुधबार (४ साल अघि)
साफ यु-२० च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकाविरुद्ध खेल्दै नेपाल

धादिङ,११ साउन।

पहिलो खेलमा माल्दिभ्सविरुद्ध सानदार जित निकालेको नेपाल साफ यु-२० च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रदै गर्दा लगातार दोस्रो जितको खोजीमा हुनेछ ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा खेल नेपाली समय अनुसार साझ सवा ७ बजे सुरु हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा माल्दिभ्सलाई ४(० अन्तरले हराउदै नेपालले महत्त्वपूर्ण तीन अंक जोडेको छ । पेपरमा कमजोर मानिएको श्रीलंकालाई पराजित गर्दै नेपाल लगातार ६ अंक जोड्न चाहन्छ ।

पहिलो खेलमा दिपेश गुरुङ, सुगम सुवाल, कृतिश रत्न छुन्जु र मनग्य नकर्मीको गोलमा प्रशिक्षक मेघराज केसीको नेपालले बल पोजिसन सहित उत्कृष्ट फिनिसिङ गरेको थियो ।

दोस्रो खेलमा समेत केसीले उहीँ प्लेइङ सेटलाई मौका दिने सम्भावना रहेको छ । केसी आयुष घलानको कप्तानीमा  उहीँ सेटबाट सोही प्रदर्शन निरन्तरता दिन चाहन्छन् ।

श्रीलंका भने नेपाललाई हराउदै पहिलो जित निकाल्ने दाउमा छ । पहिलो खेलमा श्रीलंका बंगलादेशसंग १-० अन्तरले पराजित भएको थियो ।

यसअघि १९ र १८ वर्षको उमेर समुहमा हुँदै आएको यस प्रतियोगिता यस पटक २० वर्ष मुनिको उमेर समुहमा हुन लागेको हो ।

यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

प्रतियोगितामा नेपालले भारतसँग जुलाई ३१ र बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । आयोजक भारत, नेपाल, माल्दिभ्स, बंगलादेश र श्रीलंका सम्मिलित प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यु-२० टिमः
गोलकिपरः ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख
रक्षकः अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, सृजन धानी, रोशन थापा, अभिषेक वाइबा
मिडफिल्डरः आयुश घलान  ९कप्तान०,दिपेश गुरुङ, आशिष राई, सन्दिप श्रेष्ठ, जनमजय धामी, मोहित गुरुङ, कृतिस रत्न छुन्जु, सुगम सुवाल, जनग्या नकर्मी,
स्ट्राइकरः रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

  • Post Thumbnail

    पोखरा स्कुल बस दुर्घटनाः प्राविधिक खराबी र तीव्र गति

  • Post Thumbnail

    पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

  • शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

    Post Thumbnail

    पोखरा स्कुल बस दुर्घटनाः प्राविधिक खराबी र तीव्र गति

    Post Thumbnail

    सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

    Post Thumbnail

    चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution